Todays Nepal
No1 Nepal's Complete News Sites

पिताकै बाटोमा रोनाल्डोका पुत्र, अहिले नै छन् फुटबलमा यति ट्यालेन्ट

8,698

फुटबलर क्रिस्टियानो रोनाल्डोको फुटबलमा सफलता त हरेक दिन जस्तो देखिएको छ । यसैबीच उनका छोरा जुनियर रोनाल्डोले पनि फुटबलमा सफलता पाउन सुरु गरेका छन् ।

जुनियर रोनाल्डोले स्कुलको फुटबल प्रतियोगितामा धेरै गोल गरेबापत सुन्दर ट्रफी पाएका छन् । पिता रोनाल्डोले आफ्नो सामाजिक संजालमा जुनियर रोनाल्डोको ट्रफी सहितको तस्वीर सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

छोराले धेरै गोल गरेको खुशी रोनाल्डोले सामाजिक संजालमा आफ्ना फ्यानहरुलाई सेयर गरेका छन् ।पिता रोनाल्डो आफ्नो अन्तर्राष्ट्रिय क्यारियरको ६५० गोल गरेका छन् ।

क्लब र आफ्नो देशका लागि गरि कुल ६५० गोल गरेका हुन् । रोनाल्डोले गएराती स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिडविरुद्ध गोल गर्दै आफ्नो ६५०औ गोल पुरा गरेका हुन् ।

रोनाल्डोले रियल म्याड्रिडमा सबै प्रतियोगितामा ४३१ खेल खेल्दै ४४६ गोल गरेका छन् । त्यस्तै उनले यसअघिको क्लब म्यानचेस्टर युनाइटेडमा सबै प्रतियोगितामा कुल २९२ खेल खेल्दै ११८ गोल गरेका छन् । पोर्चुगलको क्लब स्पोर्टिंगका लागि ३३ खेल खेल्दै ५ गोल गरेका छन् । यसरी रोनाल्डोले क्लब स्तरीय खेलमा अहिलेसम्म कुल ७५६ खेल खेल्दै ५६९ गोल गरेका छन् ।

त्यस्तै रोनाल्डोले पोर्चुगलका लागि अहिलेसम्म १४९ खेल खेल्दै ८१ गोल गरेका छन् जुन पोर्चुगलका लागि अहिलेसम्म धेरै गोल हो ।

यसरी रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय फुटबल क्यरिअरमा अहिलेसम्म ९०५ खेल खेल्दै कुल ६५० गोल गरेका छन् ।

रोनाल्डोले यस सिजनमा रियल म्याड्रिडका लागि ४० गोल गरेका छन् भने ला लिगामा २३ गोल गरेका छन् । त्यस्तै पछिल्लो १३ खेलमा रोनाल्डोले २४ गोल गरेका छन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: