Todays Nepal
No1 Nepal's Complete News Sites

‘सलमानले मेरो आँखाको प्रशंसा गरे’ – नायिका जेनिशा केसी !हेर्नुस भिडियो

8,744

नायिका जेनिशा केसीको करिअर नेपाली चलचित्रमा खासै सुखद बनेन । २ दर्जन चलचित्रमा अभिनय गरेपनि जेनिशाले सफलता भने चाख्न पाइनन् ।

उनले, अभिनय गरेका केहि चलचित्र हिट हुँदा उनको यात्रा भने सोचेजस्तो भएन । अहिले जेनिशा नेपाली चलचित्रबाट हराएजस्तै छिन् ।

जेनिशा नेपाली चलचित्रबाट हराएर भारतमा छिन् । भारतमा रहेर अभिनय, नृत्य सिक्दै गर्दा जेनिशाको बोली र शैली फेरिएको छ ।

जेनिशाले भारतमा रहेर बलिउडको बाटो खोजिरहेको बताइन् । ‘मलाई पहिलेदेखि नै बलिउडमा जाने रहर थियो । मेरो बुबा र बलिउड नायक मिथनु चक्रवर्ती नजिकको साथी हुनुहुन्छ । यसैले, उहाँकै सहयोगमा अहिले म त्यहाँ बाटो खोजिरहेको छु ।’ उनले भनिन ।

उनले बलिउड नायक सलमान खानलाई केहि समय अगाडि भेटेको फोटो फेसबुकमा अपलोड गरिन् । जसले, नेपाली मिडियामा चर्चा पनि पायो ।

जेनिशाले सलमानसँगको भेटको बारेमा भनिन्-‘मिथुन दादाको सहयोगमा मैले सलमानलाई भेटेको हुँ । सलमानले मलाई तिम्रो आँखा राम्रो रहेछ भन्नुभयो । सलमान र मविच चलचित्रको बिषयमा कुनै कुरा भएको थिएनँ ।’

हेर्नुस भिडियो :

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: