Todays Nepal
No1 Nepal's Complete News Sites

दाङका एक युवकले कोरियामा यौनलिलामा फसेर एकै रातमा डुबाए ६० लाख

7,638

काठमाडौँ । कोरियामा अहोरात्र खटेर काम गर्दै आएका थुप्रै नेपालीहरु यौन लतमा फसेर लाखौँ रुपैयाँ गुमाउने गरेको पाइएको छ ।

दिन उमेरमा नै आफ्नो देश छाडेर राम्रो पैसा कमाएर परिवारलाई सुख दिन भन्दै मेहेनत गर्ने नेपाहरु अहिले यौत लतमा फसेर ठूलो पैसा देहब्यापारमा खर्चेपछि विभिन्न गम्भिर समस्यामा पर्न थालेका छन् ।

दाङ्का मुरारी कोरिया पुगेको दुई वर्षमा सुरुमा त राम्रै पैसा कमाए । त्यसपछि मोजमस्ती बिनाको जिन्दगीमा पैसाको कुनै अर्थ नरहने भन्दै उनी रमाइलो तिर लागे ।

रमइलोका लागी उनले यौन सम्बन्ध र घुमघामलाई बनाए । उनी जेजु प्रान्तको जेजु सिटीको एक कृषि फर्ममा काम गर्दथे । उनको फर्ममा भियतनामी महिला चार र उनी एक्ला पुरुष थिए ।

काम गदै जाँदा एक भियतनामी महिलासँग प्रेममा परे । दुई हप्तामा एकपटक बिदा पाइने आइतबार लजमा बिताउँथे । यो प्रक्रिया ६ महिना चल्यो । उनले यो अबधिमा एक रुपैयाँ नेपाल पठाएनन्, उनी झुटो प्रेममा परे । पछि उनै महिलाले आफू गर्भवती भएको बहानामा ६० लाख कोरियन वोन कुम्ल्याएर कुलेलाम ठोकिन ।

पछि बल्ल उनले ती महिला अवैधानिक भएको चाल पाए । त्यस्तै रमेश महरा कोरिया गएको चार बर्ष भयो तर उनी छुट्टीमा एकपटक पनि नेपाल गएका छैनन् ।

कोरियाको बुछन सिटीको एक प्लाष्टिक कम्पनीमा काम गर्ने उनले मासिक नेपाली दुईलाख चालीस हजार सरदर कमाउँछन तर उनले कोरिया आएर धेरै पैसा यौन मस्तीमा उडाए । पर्वतका हरि खत्री ख्यङ्गदोको ह्वासाङ्ग क्षेत्रमा काम गर्दथे ।

कोरिया आएको छ महिनामा कम्पनीले आयोजना गरेको बिशेष रात्रीपार्टीको कोरियनसँगै उपस्थिती भए, खाए अनी रमाए । फेरी सहवास गरे । र युवतीले बलात्कारको आरोप लगाएपछि जेल परे ।

माथिका यि उदाहरणहरु त केवल प्रतिनिधी उदाहरण मात्रै हुन् । यसरी घरबार छोडेर परवासमा बसेर यौनमा मस्त बन्दा विभिन्न यौनरोग र डिप्रेशनका कारण कैयौँ नेपालीहरुले आत्महत्या गर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: