Todays Nepal
No1 Nepal's Complete News Sites

आईपिएलमा दिल्लीले खेलाएन सन्दिपलाई, यस्तो छ पछिल्लो रिपोर्ट

9,304

आईपिएलको महत्वपूर्ण खेल अन्तरगत अहिले मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्सबीच खेल भैरहेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले दिल्लीलाई १९५ रनको उच्च विजयी लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै यो योगफल तयार पारेको हो ।

ओपनर ब्याट्सम्यानहरु सूर्यकुमार यादव र इविन लेविसले मुम्बईको लागि महत्वपूर्ण आधार तयार पारेका थिए । यादवले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ७ चौका र एक छक्कासहित ५३ रन बनाए । त्यस्तै अर्का ओपनर इविन लेविसले २८ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ४८ रन बनाए ।

त्यस्तै इशान सकशनले ४४, कप्तान रोहित शर्माले १८, क्रुनाल पंड्याले ११ रनको योगदान दिए ।

बलिङतर्फ दिल्लीका लागि ट्रेन्ट बोल्ट, राहुल तेवतिया तथा ड्यानियल क्रिस्टियनले समान २–२ विकेट लिँदा मोहम्मद शमीले एक विकेट लिए ।

१९५ रनकाे उच्च विजयी लक्ष्यसहित दिल्ली केही बेरमा जवाफी ब्याटिङमा उत्रनेछ ।

अघिल्लो वर्षको आईपीएल च्याम्पियन मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्स मुम्बईको घरेलु मैदानमा प्रतिस्पर्धा गरेका हुन् ।

दुवै टिमका लागि यो संघर्षपूर्ण प्रतिस्पर्धा रहनेछ । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले पहिलो दुई खेलमा चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादसँग हार बेहोरेको छ । त्यस्तै गौतम गम्भीरको कप्तानीमा रहेको दिल्लीले पनि आफ्ना दुई खेल राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाबसँग हारेको छ । दुवै टिमले पहिलो जित हात पार्नका लागि खेल्नेछन् । खेलमा दिल्ली डेयरडेभिल्सका कप्तान गौतम गम्भीरले टस जितेर पहिले फिल्डिङ रोजेका छन् ।

ताजा अवस्थामा मुम्बईले चार ओभरको समाप्तिमा बिना विकेटको क्षतिमा ५२ रन बनाएको छ ।

मुम्बईले बेन कटिङको स्थानमा अकिला धनन्जय र प्रदीप सांगवानको स्थानमा हार्दिक पंड्यालाई प्लेइङ ११ मा उतारेको छ । त्यस्तै दिल्लीले कोलिन मुन्रोको स्थानमा जेसन रोय र क्रिस मोरिसको स्थानमा डेनियल क्रिस्टियनलाई उतारेको छ । सन्दीप लामिछाने आज पनि टिम ११ मा पर्न सकेनन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: