Todays Nepal
No1 Nepal's Complete News Sites

टोकियोमा छात्राबासबाट १० पेस्तोल र २ सय गोली बरामद, एक फिलिपिनो विद्यार्थी पक्राउ

8,829

जापानको राजधानी टोकियोको एक छात्राबासबाट प्रहरीले १० वटा पेस्तोल सहित २ सय बढी गोली बरामद गरेको छ ।

समाचार अनुसार टोकियोको एक छात्राबासको कोठा खाली गर्ने क्रममा पेस्तोल फेला परेपछि प्रहरीले छानविनका क्रममा फिलिपिनो विद्यार्थीलाई पक्राउ गरेको थियो । जो उक्त कोठा खाली गरेर गएका थिए र उक्त कोठामा नयाँ व्यक्ति आउनेभएपछि सफा गर्दा हतियार भेटिएको थियो ।

यसै हप्ताको सुरुमा भेटिएको भनिएको ठूलो मात्राको हतियारबारे केही नबताएको प्रहरीले घटनामा संलग्न आशंका गरिएका फिलिपिनो नागरिक पक्राउ गरेर छानविन गर्ने क्रममा उनले कामगर्ने कम्पनीमा छापा मार्दा थप हतियार बरामद गरेको हो ।

चार्लस् आरोन मित्रा नाम गरेको उक्त फिलिपिनी नागरिक २९ वर्षका रहेको टोकियो प्रहरीलाई उद्दृत गर्दै जापानी समाचार संस्था एनएचके टेलिभिजनले जनाएको छ ।

पेस्तोल बरामद र घटनामा संलग्न ठानिएका व्यक्ति पक्राउपछि उनी कामगर्ने कम्पनीमा बम डिस्पोजल टोली सहित छापा मारेको प्रहरीले ठूलो मात्रामा थप हतियार भेटेको हो ।

शुक्रबार टोकियो प्रहरीले दिएको जानकारी अनुसार सुटकेसभित्र राखिएको अवस्थामा ति हतियार भेटिएको हो जुन एक कम्पनीको गोदाममा भेटिएको थियो र पक्राउ परेका फिलिपिनो नागरिक सो कम्पनीमा काम गर्दथे ।

ठूलो मात्रामा पेस्तोल र गोली फेला परेपछि प्रहरीले थप गोलाबारुद्धका सामान पनि हुन सक्ने आशंका सो ठाउँमा मंगलबार बम डिस्पोजल टोली खटाएर खोजविन गरेको थियो ।

प्रहरीका अनुसार बम डिस्पोजल टोलिले फेला पारेका हतियारमा दुई रिभोल्बर पेस्तोल, ८ वटा स्वचालित अत्याधुनिक पेस्तोल र २ सय बढी गोली दुईवटा सुटकेसमा राखिएको अवस्थामा बरामद गरेको हो ।

पक्राउ परेका फिलिपिनो नागरिक मित्राले भने आरोप अस्विकार गरेका छन् । उनले अरुले नै छाडेको सुटकेस आफुले राखेको र उक्त सुटकेसमा के थियो भन्ने उनलाई थाहा थिएन ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति उक्त कम्पनीमा सब कन्ट्याक्टरको रुपमा कम्पनीले करारमा लिएको थियो तर उनी हालसालै कम्पनीबाट निकालिएका थिए ।

स्रोत: जापानसमाचार

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: