Todays Nepal
No1 Nepal's Complete News Sites

जान्नुहोस्, यदि तपाइकाे हत्केला जोड्दा अर्धचन्द्र बन्छ भने तपाइकाे भविष्य यस्तो हुन्छ…

9,026

ज्योतिषका अनुसार हस्तरेखाले मानिसको भाग्य र चरित्र बताउने गर्छ । हातका हत्केलाहरुमा बनेका रेखाहरूले मानिसको भूत, भविष्य र वर्तमानको बारेमा यथार्थ चित्रण गर्ने कुरालाई हामी नकार्न सक्दैनौ ।

जन्म, मृत्यु र भाग्य बताउने हत्केलामा बनेका कयौँ रेखाहरुले मानिसको बारेमा धेरै कुरा बोलिरहेको हुन्छ । यस्तै दुई हत्केला जोड्दा हातमा बन्ने अर्धचन्द्रको के अर्थ लाग्छ त ? आउनुहोस् जानौँ ।

दूई हातको हत्केला जोड्दा यदि कान्छी औंलाको तलबाट शुरु हुने हृदय रेखा जोडिदा अर्धचन्द्र बन्छ भने यो शुभ चिह्न हो । तर यो सबैको हातमा बन्दैन ।

अर्धचन्द्र बनेको हत्केला भएका मानिस आकर्षक स्वभावका हुन्छन् । यस्ता मानिस जीवनसाथीप्रति धेरै भावुक हुन्छन् तर आफ्नो भावना लुकाउने कोशिश गर्छन् । यिनीहरूको दिमाग तीखो हुन्छ । यिनीहरूका लागि कुनै पनि कुरा गाह्रो हुँदैन ।

दुई हत्केला जोड्दा सिधा रेखा बन्यो भने त्यस्तो व्यक्ति शान्त र दयालु हुन्छ । उनीहरूलाई हरेक काम बिस्तारै गर्न मन लाग्छ । तर सिधा रेखा बन्ने मानिस दुर्लभै हुन्छन् भनिन्छ ।

हत्केला जोड्दा यी रेखाहरू जोडिएनन् वा बांगोटिंगो देखिए भने उक्त व्यक्ति आफूभन्दा ठूलो उमेरका मानिससँग बस्न मन पराउँछ । यस्ता मानिस निष्फिक्री हुन्छन् । अर्काले के सोच्छन् भनी यस्ता मानिसले मतलब गर्दैनन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: