Todays Nepal
No1 Nepal's Complete News Sites

अनपढहरुका लागी राजनीति गर्ने दिन गए, अब राजनीति गर्न र चुनाव लड्न न्यूनतम पनि यो तहसम्म पढ्नैपर्ने

8,582

नेपालमा अहिलेसम्म अनपढहरुले जे पनि गर्ने प्रचलन छ । तर अब त्यो प्रचलनको अन्त्य गर्दै नयाँ नियमको थालनी गरिने भएको छ । नयाँ नियम अनुसार आठ कक्षासम्म पनि नपढेमा चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था खोल्न र व्यापार व्यवसायसमेत नपाइने भएको छ।

नेपाल कानुन आयोगले तयार पारेको शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आधारभूत शिक्षा लिएकै हुनुपर्ने उल्लेख गरेसँगै नपढ्ने ब्यक्तिहरुलाई अब काम गर्न पढ्नैपर्ने बाध्यता भएको छ ।

कम्तिमा आठ कक्षा नपढेकाहरुले सरकारी जागिर खान, कुनै फर्म वा संघसंस्था खोल्न, संस्थाको सन्चालक समितिमा रहन वा व्यापार व्यवसाय गर्न नपाइने प्रस्तावित विधेयकमा उल्लेख छ ।

यस्तो व्यवस्था अबको ९ वर्षपछि अर्थात् २०८३ सालबाट लागू गराउन कानुन आयोगले सुझाव दिएको शिक्षा मन्त्रालयका एक उपसचिवले जानकारी दिए । जसले अनपढहरुको संख्या ह्वात्तै घट्ने समेत अनुमान छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: