Todays Nepal
No1 Nepal's Complete News Sites

आफुलाई क्यान्सर भएको थाहा पाएपछि युवकले ग्राण्डि अस्पतालको छैटौं तलाबाट हाम्फालेर गरे आत्महत्या

8,826

ग्राण्डि अस्पतालमा उपचारका लागी भर्ना भएका १६ वर्षीय युवकले छैटौं तलामाथीबाट हाम्फालेर आत्महत्या गरेका छन् । स्यांङ्जा फेदीखोला स्थायी घर भएका १६ वर्षीय कृष्ण क्षेत्री फागुन २० गते अस्पताल भर्ना भएका थिए ।

शुक्रवार साँझ साँढे चार बजे उनले अस्पतालको छैटौं तलाबाट हाम्फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बताएका छन् ।

चेकजाँचका क्रममा क्यान्सर भएको देखिएपछी ‘अब बाँच्दीन’ भन्ने लागेर उनले आत्महत्या गरेको हुनसक्ने बताईएको छ । कृष्णलाई कुर्न बसेकी उनको आमा शौचालय गएको बेला कृष्ण अस्पतालबाट हाम्फालेका थिए । अस्पताल प्रशासनले उनको उपचारमा लागको सम्पुर्ण खर्च मिनाहा गरेको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: