Todays Nepal
No1 Nepal's Complete News Sites

केपी ओलीले कुश्मामा रेलको स्टेशन राख्ने भनेको केहि महिनामा सुदिपले ल्याए रेलको टिकट

8,680

नेपाली लोकदोेहोरी गीतको क्षेत्रमा पछिल्लो समयमा उदयमान बनेको नाम हो सुदिप क्षेत्री । पर्वत जिल्लामा रहेर संचारकर्मको साथै गित संगितमा आफुलाई स्थापित गर्दै लगेका क्षेत्रीले पछिल्लो समय रेलको टिकट मार्फत बजारमा आएका छन् ।

नयाँ बर्षमा आफ्ना दर्शक श्रोताहरुलाई गिफ्ट भन्दै संचारकर्मी तथा गायक सुदिप क्षेत्रीले ल्याएको रेलको टिकट बोलको दाोहोरी गितले बजारमा श्रोताहरुको राम्रै प्रतिक्रिया पाएको छ । टिपीकल शैलीमा रचिएको गितलाई माया प्रेमसँग जोडेर भावनामा बगाइएको छ । जसको कारण गितले सार्वजनिक भएको १ दिनमा नै राम्रो प्रतिक्रिया पाएको हो ।

मन कसरी बुझाउने मैले हो
अब त भेट कहिले हो कहिले हो
बरबर आँशु बर्सिन थाले
रेलको टिकट काटेसी कान्छाले… जस्ता शब्दहरुको कारण गितले राम्रो चर्चा समेत कमाएको छ । गितको बारेमा गायक सुदिप क्षेत्रीले न्युजपर्दा डटकमसँग भने आफुले गितलाई आम नेपालीको बैदेशीक रोजगार बाध्यताको रुपमा रहेको बिषयलाई उठान गरि परिबारको भावनाको रुपमा ब्यक्त गरेको भनेका छन् ।

उनी भन्छन् हामी नेपालीहरु श्रमको लागि अरबको मरुभुमीमा पुगेका छौं । अरब पनि पुग्न नसक्नेहरु भारतिय श्रम बजारमा आफ्ना पसिना बगाउन पुगेका छौं तिनै भारतिय बजारमा बसिना बगाउनेहरुको भावनालाई गितमा समाबेश गरिएको बताए । उनी गितबाट निकै आशा समेत छन् । गितमा लय, शब्द तथा स्वर गायक आफै सुदिप क्षेत्रीको रहेको छ भने उनलाई सरस्बती लामिछानेले गायनमा साथ दिएकी छन्, गितको एरेन्ज तारानाथ आचार्यले गरेका छन् ।
गितलाई सफलताको लागि शुभकामना ।।।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: