Todays Nepal
No1 Nepal's Complete News Sites

‘ग्राहक कुरेर बस्ने पसले होइन प्रहरी’ भन्दै गर्जिए महानिरीक्षक सर्वेन्द्र खनाल

6,500

प्रहरी प्रधान कार्यालयमा पदभार ग्रहणपछि मातहतलाई निर्देशन दिने क्रममा उनले चेतावनीको भाषा बोलेका हुन् ।

गृहमन्त्रालयमा बिहीबार बिहान दर्ज्यानी चिह्न लगाएर उनले नक्सालस्थित प्रहरी मुख्यालयमा पदभार ग्रहण गरेका थिए ।

मुख्यालयमा हाजिरीपछि सर्वेन्द्रले प्रहरी संगठनको सुदृढिकरण, संरचनागत सुधार, प्रहरीको वृत्तिविकास तथा सेवासुविधा आफ्नो प्राथमिकता रहेको बताए । उनले भने, ‘अब प्रहरी संगठनभित्रै स्विप अप्रेसन हुन्छ । तस्कर र अपराधीसँग हात मिलाउने होइन, अब सशक्त अप्रेसन हुन्छ । पेशागत आचरणविपरीत कार्य गर्ने र भ्रष्ट क्रियाकलाप गर्नेहरु कारवाही भोग्न तयार हुनुस् ।’

उनले संगठन धुमिल्याउनेमाथि कडा कारवाही हुने बताए ।

‘ग्राहक कुरेर बस्ने पसले होइन प्रहरी । अब सबैले जिम्मेवार र जवाफदेही भएर काम गर्नुस् । संगठनको वृत्ति विकासमा म सक्दो प्रयास गर्छु,’ उनले भने, ‘कानुनमा कहीँ नझुक्नू र नचुक्नू ।’

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: