Todays Nepal
No1 Nepal's Complete News Sites

ससुरासँग बियर, पतिसँग हुक्का: संस्कारी बुहारीको यस्तो रुप !

8,816

टिभी शो ‘ये है मोहब्बतें’की संस्कारी बुहारी शगुन अर्थात अनिता हसनन्दानीले १४ अप्रिलका दिन ३७ औं जन्मदिन मनाइन् । उनले आफ्नो जन्मदिन परिवारसँग गोवामा मनाएकी थिइन् । हालै अनिताको जन्मदिनका केही फोटोहरु बाहिरिएका छन् ।

फोटोमा उनी पतिसँग हुक्का पिउँदै गरेकी र ससुरासँग बियर पिउँदै गरेकी देखिएकी छिन् । अनिताका यी फोटोहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । उनका ससुरा सेवानिवृत्त आर्मी अफिसर हुन् । अनिताले व्यवसायी रोहित रेड्डीसँग बिहे गरेकी हुन् । उनीहरुको भेट जिममा भएको थियो । १४ अप्रिल २०१३ मा यो जोडीले बिहे गरेको थियो । रोहितको व्यवसाय गोवामा फैलिएको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: