Todays Nepal
No1 Nepal's Complete News Sites

जापानमा गाँजा सेवन गर्नेको संख्या बढ्दो अधिकांश २० वर्षमुनिका

8,712

जापानमा गाँजा सेवन गर्नेको संख्या हरेक वर्ष बढ्दै गएको राष्ट्रिय प्रहरी एजेन्सीले सार्वजनिक गरेकको तथ्यांकले देखाएको छ । प्रहरीले यस वर्ष हालसम्मकै सबैभन्दा बढी मानिसलाई यस मामिलामा पक्राउ गरेको छ ।

तथ्यांक अनुसार गाँजाका मामिलामा प्रयोग गरेवापत पक्राउ पर्नेको संख्या गत वर्ष भन्दा ४ सय ७२ ले बढेर तीन हजार ८ जना पुगेका छन् । आश्चर्यको विषय त के छ भने पक्राउ पर्नेमा अधिकांश २० वर्षमनिका रहेका छन् ।

यसले युवाहरुमा लागूपदार्थ प्रयोग व्यापक रुपमा बढेको पनि देखिएको छ । ‘जापान टाइम्स’का अनुसार सन् २०१३ देखि २०१७ सम्ममा प्रहरीको निगरानीमा पर्नेको संख्या ३ गुणाले बढेको छ भने १४ देखि १९ वर्ष उमेर भएकाको लागु औषधमा फस्नेको संख्या ०.८ देखि ४.१ सम्म पुगेको छ । त्यसै गरी २० वर्ष माथिकाको संख्या भने ४.८ देखि ९.४ सम्म बढेको श्रोतले बताएको छ ।
अर्को आश्चर्यको कुरा त के छ भने गाँजा सेवन गर्ने ७० प्रतिशतभन्दा बढीले यसलाई उत्तेजना पैदा गर्ने औषधिका रुपमा लिएको पाइएको छ ।गत वर्ष ५०० जना गाँजामा संग्लग्न भएकासंग गरिएको एक सर्वेक्षण अनुसार लगभग ३० प्रतिशतले गाजाको प्रयोग हानिकारक रहेको बताए भने ७० प्रतिशतले उत्तेजक औषध रहेको बताए ।

त्यसै गरी ४० वर्ष काटेका ४२.९ प्रतिशतले उत्सुकताका कारण प्रयोग गरेको बताए भने ६६.३ प्रतिशत २० वर्ष भन्दा कम उमेर भएकाले पनि त्यही प्रेरणाले गर्दा सेवन गरेको बताए ।सबै उमेर समूहकासंग सोध्दा भने ६३.७ प्रतिशतले साथीहरुले खाने गरेको भएर गाजा प्रयोग गर्न थालेको बताए भने २२.६ प्रतिशतले आफूले स्वतन्त्र रूपमा प्रयोग गरेको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: