Todays Nepal
No1 Nepal's Complete News Sites

म अरुजस्तो खाली सिसी,पुरानो कागजवाला मधेशी होइन : हृदयेश त्रिपाठी

9,089

एमालेको सूर्य चुनाव चिन्ह लिएर चुनाव जितेका सांसद हृदयेश त्रिपाठीले आफू एमालेको सांसद नभई प्रतिनिधी सभामा स्वतन्त्र सांसदको हैसियतमा रहेको र स्वतन्त्र राजनीतिक समूह निर्माण गरेर नेकपा एमालेसँग सम्झौता गरेर चुनावमा गएको कुरा इमेज च्यानलको कार्यक्रम हट सिटमा कुराकानी गर्दै त्रिपाठीले बताएका हुन्।

मधेशको समस्या क्षेत्रीय नभई सम्पूर्ण देशको समस्या रहेको त्रिपाठी बताउँछन्।

कार्यक्रमको विच भागमा आइपुग्दा (२६ मिनेटपछि) प्रस्तोता जगदिश खरेल र नेता त्रिपाठीको प्रश्न-उत्तरमा अलि चर्काचर्की नै भयो।नेता त्रिपाठीले आफूले एकै ठाउँबाट पाँच चोटि चुनाव जितेको नेता भएको बताए। त्रिपाठीले भने-‘म खाली सिसी,पुरानो कागजवाला मधेशी होइन,जे गर्छु हिम्मतका साथ काम गर्छु।’

नाकाबन्दी गर्नु गलत भएको कुरा त्रिपाठीले स्वीकार गर्दै अहिले देशमा एक खालको संक्रमणकाल सक्किएर अर्को खालको संक्रमणकाल शुरु भएको त्रिपाठीको भनाई छ।

हेर्नुहोस् त्रिपाठी सँगको कुराकानी

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: