Todays Nepal
No1 Nepal's Complete News Sites

किन रोजे सन्दीपले दिल्लीमा १ नम्बर जर्सी ?

9,030

दिल्ली डेयरडेभिल्सले काठमाडौंमा एक कार्यक्रम गर्दै सन्दीपलाई जर्सी हस्तानतरण गरेको छ। सन्दीपले ११ औं संस्करणको आइपिएलमा १ नम्बर अंकित जर्सी लगाउने भएका हुन्।

राष्ट्रिय टोली तथा अन्य क्लबहरुबाट खेल्दा सन्दीपलाई २५ नम्बर जर्सीमा देखिने गर्दछ, तर आइपिएलमा भने उनले किन १ नम्बर रोजे भन्ने प्रश्नमा सन्दीपको प्रतिक्रिया यस्तो रह्यो, “मेरो भान्जीको जन्मदिन २५ गते पर्छ, तर उनी यस संसारमा छैनन्। उनैको सम्झनामा म २५ नम्बरको जर्सी लगाउँछु”, सन्दीपले भने।

तर दिल्लीमा भने कागिसो राबाडाले उक्त जर्सी लगाउने भएकाले सन्दीपले १ नम्बर जर्सी रोजेको जानकारी दिए, “दिल्लीमा सिनियर खेलाडी राबाडाले २५ नम्बर लगाउँछन्। मेरो भान्जीको जन्म पहिलो महिना भएकाले मैले १ नम्बर जर्सी लगाएको हुँ “, भावुक हुँदै सन्दीपले बताए ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: