Todays Nepal
No1 Nepal's Complete News Sites

जसका लागि सलमानको बहिनीलाई सम्बन्धविच्छेद गरे, अहिले उसैसँग ब्रेकअप

9,109

अभिनेता पुलकित सम्राटले जुन नायिकाका लागि सलमान खानले बहिनी बनाएकी श्वेता रोहिरासँग सम्बन्ध विच्छेद गरेका थिए, अहिले उनै नायिकाबाट पनि पुलकित अलग भएका छन् ।

हामी कुरा गर्दैछौँ, यामी गौतमको । मिडिया रिपोर्टका अनुसार पुलकितले यामीका लागि नै श्वेतासँग सम्बन्धविच्छेद गरेका थिए ।
तर, अहिले लामो समयदेखि डेट गरिरहेका यामी र पुलकितबीच ब्रेकअपको खबर आएको छ ।

पुलकितले हालै दिएको एक अन्तर्वार्तामा उनी ‘सिङ्गल’ भएको बताएका थिए ।
यतिमात्र होइन, दुवैले एक अर्कालाई सामाजिक सञ्जालमा अनफलो गरिसकेका छन् ।
पुलकित र यामी किन अलग भए भन्ने कारण अहिले बाहिर आएको छैन ।
केही रिपोर्टका अनुसार यामीको परिवारले पुलकित मन पराउँदैन थिए । विवाहित पुरुषलाई डेट गरिरहेकोप्रति उनीहरुको आपत्ति थियो ।
उनीहरुले नै यामीले पुलकितसँग टाढा रहन सल्लाह दिएका थिए । एजेन्सी

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: