Todays Nepal
No1 Nepal's Complete News Sites

सन्दीप लामिछानेले पाए दिल्ली डेयर डेभिल्सबाट १ नम्बरको जर्सी

8,804

आइपिएल टिम दिल्ली डेयर डेभिल्सले सन्दीप लामिछानेलाई १ नम्बरको जर्सी दिएको छ। काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त दुवाले सन्दीपलाई जर्सी हस्तान्तरण गरेका हुन्।

सन्दीपको रोजाइ २५ नम्बरको जर्सी भए पनि त्यो अरु खेलाडीले नै लिइसकेकाले उनले १ नम्बरको जर्सी रोजेका हुन्।

सन्दीपले नेपालबाट २५ नम्बरकै जर्सी लगाएर खेल्ने गरेका छन्। उनले २५ नम्बर जर्सी रोज्नुको कारण भने अलि पृथक रहेको बताए।

उनले कार्यक्रममा भने, ‘मेरो भान्जीको जन्म मिति २५ गते हो, मान्जी अहिले यो संसारमा छैनन्। उनलाई सम्झिन म सधैं २५ नम्बरलाई रोजाइमा राख्नेगर्छु।’ उनले थपे, ‘२५ नम्बर जर्सी नपाएपछि मैले १ नम्बर जर्सी रोजेको हुँ, यसको मतलब म सधैं १ नम्बर बन्ने कोसिसमा रहन्छु।’

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: