Todays Nepal
No1 Nepal's Complete News Sites

नवविवाहित छोरी ज्वाईलाई दीपकराज गिरीले दिए दुनियाँ चकित हुने दाईजो

9,792

हास्यकलाकार दिपकराज गिरीले आफ्नी एक्ली छोरी मौसमी गिरीको धुमधामका साथ बिहे गरिदिएका छन् । नुवाकोट विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशील पण्डितलाई हात सुम्पिएका दीपकले आफ्ना छोरी ज्वाईलाई काठमाडौंमा अपार्टमेन्ट गिफ्ट दिने भएका छन् ।

मौसमी र सुशीलबीच तीन वर्ष पुरानो प्रेम विवाहलाई सहज रुपमा स्विकार्दै छोरीले नै खाजेका युवकलाई हात सुम्पिएपछि मौसमी पनि खुशी छिन् । उनीहरु अध्ययनका लागि भारतमा रहँदा प्रेममा परेको र दिपककी श्रीमती र बुवाआमा यो विवाहको विपक्षमा रहँदा रहँदै पनि दिपकराजले उक्त सम्बनधलाई सहजै स्विकारेपछि कुरा अगाडी बढेको मौसमी बताउँछिन् । दिपककी छोरी मौसमी अहिले नर्सिङ अध्यापन गरिरहेकी छिन् भने उनका पति एमबीए अध्ययनरत छन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: