Todays Nepal
No1 Nepal's Complete News Sites

अर्बपतिहरु माथि आइलाग्यो ‘प्रलय’, बच्न गर्दै छन् यस्तो तयारी

9,015

शीतयुद्धको समयमा जुनसुकै समय आणविक युद्ध शुरु हुने डर हुन्थो । त्यसबाट बच्न पश्चिमी राष्ट्रहरुमा भूमिगत बङ्कर बनाउने लहर चलेको थियो । ती समयका बङ्करहरु मानिसका घरमूनि साना कन्क्रीटका संरचना हुन्थे । खाधान्नका लागि तिनमा क्यानका खानाहरु राखिएका हुन्थे । आज शीतयुद्धजस्तो आम नरसंहारको युद्धको सम्भावना त छैन तर यसले अर्बपतिहरुले बङ्कर बनाउन रोकेका छैनन् । अर्बपतिहरुले प्रलयकारी घटनाको समयमा शरणका लागि बनाएका यी बंकरहरु भने शीतयुद्धको समयभन्दाका फरक रहेका छन् ।

अर्बपतिको सङ्ख्या बढेसँगै बढेको भूमिगत बंकरको माग पुरा गर्न केही कम्पनीहरुलाई भ्याइ नभ्याई रहेको छ । ती कम्पनीहरुले आफूले बनाएको संरचनाले विश्वव्यापी महामारी, उल्का पिण्ड ठक्कर र तेस्रो विश्वयुद्धबाट सुरक्षा दिने दाबी गरेका छन् ।

“शीतयुद्धकालिन बंकरहरु त्यति आरामदायी थिएनन् ।” भिभोका संस्थापक रोबर्ट भिसिनोले भने । घरजग्गा उद्यमीसमेत रहेका भिसिनोको कम्पनीले उच्च सुरक्षाको आश्रयस्थल बनाउने गर्छ । “पहिलेका बंकरहरु धातुका हुन्थे, ति सेनाको शरणजस्तो हुन्थ्ये ।यथार्थमा मानिसहरु त्यस्तो वातावरणमा लामो सयम बाच्न सक्दैनन् ।” प्रलयको डरले बढाएको मागसंसारको धेरै सम्पन्नहरुले आफ्नो परिवार र कामदार अट्ने सुरक्षित बासस्थानको डिजाइन गरिरहेको खबरहरु आइरहेका छन् । यसमा अर्बपतिहरु, विश्वचर्चित खेलाडीहरु र प्रविधि उद्योगका कार्यकारी रहेका छन् ।

विल गेट्सले आफ्ना सम्पूर्ण बासस्थानमा यस्तो सुविधा निर्माण गरेको हल्ला छ । टेक्सासस्थित ‘राइजिङ्ग एस कम्पनी’का प्रबन्ध निर्देशक ग्यारी लिन्चले उच्च सुरक्षाको भूमिगत बंकरको माग सन् २०१६ मा अघिल्लो वर्ष भन्दा ७००५ले बढेको जानकारी दिए ।अमेरिकी राष्ट्रपति निर्वाचनपछि मात्र यिनको मागमा ३००५ले बृद्धी भएको छ ।लिन्चका अनुसार उनको कम्पनीले बनाउने प्लेट स्टीलको बंकर पुस्तौँ टिक्छन् । यसमा प्रति व्यतिका लागि न्युनतम एक वर्षको लागि खाना भण्डारण गर्न सकिन्छ । यी संरचनाले भूकम्प समेत थेग्न सक्छ । केहीले आफ्नो परिवारको लागि मात्र बंकर निर्माण गरिरहेका छन् भने केही समुदायनै अट्जे बंकर बनाइरहेका छन् । यी बंकरमा भने वास्तविक संसारको जस्तो अनुभव हुनेछ ।
समुदायिक बासस्थानका निमाणकर्ताहरुले हाल प्रयोगमा नरहेका अमेरिका र सोभियत संघका सैन्य बंकरहरु र मिसाइल भण्डारण केन्द्रलाई उपयोगमा ल्याएका छन् । आजको दिनमा यस्तो संरचना बनाउन करोडौँ अमेरिकी डलर खर्च हुन्छ ।

यी संरचनाहरु आणविक आक्रमण थेग्ने हिसाबले बनाइएका छन् । यसका अतिरिक्त यसमा विजुली प्रणाली, पानी शुद्धिकरण प्रणाली, आणविक–जैविक–रसायनिक पदार्थ मिसिएको हावा छान्ने प्रविधि रहेको छ । यी मध्य अधिकांशमा एक वर्ष वा धेरै टिक्ने खाना भण्डारण रहने छन् । धेरैमा ‘हाइड्रोपोनिक बगैँचा’ निर्माण गरेर त्यसपछिका दिनका लागि पनि खानाको जोहो गर्न खोजिएको छ ।

निर्माणकर्ताले दीर्घकालको लागि समाज निर्माणको लागि भनेर यसमा फरक फरक पेसाका मानिसहरु समावेश गरिनेछ । जसमा डाक्टरदेखि शिक्षकहरु रहनेछन् । भिसिनोले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनपछि आफ्नो कम्पनीमा एक्कासी यस्ता बासस्थानको माग बढेको बताए । त्यसमध्यका एक बासस्थान ‘भिभो एक्स–पोइन्ट’ सन् १९६७ सम्म सेनाको हातहतियार भण्डारणका लागि उपयोग हुन्थ्यो ।दक्षिण डेकोटा स्थीत ‘ब्लाक हिल’मा अवस्थीत यो संरचनामा ५००० मानिसहरुलाई अटाउनेछन् । यसको इन्टेरिअर यसलाई किन्ने लगानीकर्ताले डिजाइन गरिएको छ । आन्तरिक सजावटका लागि यसमा २५ हजार अमेरिका डलर देखि २,००,००० अमेरिकी डलर खर्च भएको छ ।

यसको प्राङ्गढमा कुनै सानो तिनो शहरको जस्तो सुविधाहरु समेटिनेछ । यसमा समुदायीक थियटर, कक्षाकोठाहरु, हाइड्रोपोनिक बगैंचा, मेडिकल क्लिनिक, नुहाउने स्थान र जिमशाला रहनेछ । योभन्दा पनि बढी सुविधासम्पन्न बासस्थान खोज्नेहरुका लागि कम्पनीले ‘भिभो युरोपा वान’ बनाएको छ । यो जमर्नीको शीतयुद्धकालिन हतियार भण्डारणमा निर्माण भएको छ । यसमा ३४ नीजि वासस्थानहरु रहेका छन् । ग्राहकलाई यी इकाईहरु खाली बेचिनेछ । ग्राहकहरुले आफ्नो रुचि अनुसार तिनमा सजावट गर्न सक्दछ ।भिसिनो यो स्थानलाई भुमिगत ‘याट्च’सँग तुलना गरे । उनले यो स्थान किन्नेलाई आफ्नो ‘याट्च’को डिजाइनर नै प्रयोग गर्न सल्लाह दिए । यो विशाल संरचनाका बासिन्दाहरुलाई यातायातको लागि ट्रयामको व्यवस्था गरिनेछ ।

बासिन्दाहरुका लागि त्यहीँ भित्र रेस्टुरेण्ट, थियटर, कफि दोकान, पौडी पोखरी र खेल क्षेत्र हुनेछ । “हामी एकै ठाँउमा घरको सुविधाको अतिरिक्त घर बाहिर निस्कदाँको सुविधा पनि दिनेछौँ,” भिसिनोले थपे । आणविक हमला थेग्ने घरहरुनिर्माणकर्ता ल्यारी हलको केन्सासस्थित ‘सरभाइबल कन्डो’ अमेरिकी आर्मी कोर्पले १९६०को दशकमा निर्माण गरेको ‘एटलास मिसाइल भण्डारण’ मा निर्माण गरिएको छ । “हाम्रो ग्राहकहरुले सुविधासम्पन्न दोश्रो घरको अतिरिक्त आणविक हमला थेग्ने बंकर एकै पटक पाउँछन् ।” हलले भने । उनले हाल दोश्रो सरभाइभल कण्डोमा काम गरिरहेका छन् । यो निर्माण पनि भण्डारण केन्द्र नै छानिएको छ ।

“हामीले आश्रयस्थल किन्नेलाई तिनको निवासस्थानमा प्रलयको सयममात्र होइन अन्य कुनै समय पनि प्रवेश दिन्छौं । यो समयमा तिनले त्यहाँ रहेको पोखरी, किराना पसल, थिएटर, वार र पुस्तकालयको सुविधा लिन सक्छन् ।” कण्डो किन्दा ग्राहकले तिनको नियममा हस्ताक्षर गर्नुपर्छ । नियमको एक बुदामा ग्राहकहरुले संकटको बेला दिनको चार घण्टा काम गर्नुपर्ने रहेको छ । दीर्घकालिन सुविधाको व्यवस्थाप्रलयको समयमा एक्लै बस्न मन हनेलाई वा केही चुनिएका व्यक्तिसँग समय बिताउन चाहनेको लागि चेक रिपब्लिकमा रहेको ‘द ओपिडम’ सेवा उत्तम छ ।

यसलाई ‘सबैभन्दा ठूलो अर्बपति बंकर’को सज्ञा दिइएको छ । अत्यन्त गोप्य यो सेवा पूर्व सोभियत संघ र चेकोस्लाभिकिया९हाल चेक रिपब्लिक र स्लोभाकिया०को संयुक्त परियोजनाको रुपमा सन् १९८४ बाट शुरु भएर दश वर्षमा निर्माण सम्पन्न भएको थियो ।

यो स्थानमा जमिनमाथि पनि आलिसान भवन रहेको छ र जमिनमुनि ७७,००० वर्ग फुटको भूमिगत भाग रहेको छ । हुनत यसको अन्तिम सजावट किन्ने ग्राहकको चाख अनुसार गरिनेछ तर हालनै यसमा भूमिगत बगैँचा, पौडी पोखरी, सार्वजनिक नुहाउने स्थल, सिनेमा हल र वार रहेका छन् । हुनत धेरैले यी बिलासी सुविधालाई अनावश्यक मान्न सक्छन् तर निर्माणकर्ताले यीनलाई जीवित रहन महत्वपूर्ण सुविधा मानेका छन् । “यी वासस्थानहरु लामो सयम प्रयोग गर्ने हिसाबले बनाइएका हुन् – एक वर्ष वा धेरै समयका लागि,” भिसिनोले भने, “त्यस्तो अवस्थामा सहज हुनु अत्यन्त महत्वपूर्ण हुन्छ ।”

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: