Todays Nepal
No1 Nepal's Complete News Sites

बाबुराम भट्टराईमाथि प्रचण्डको प्रहार,‘उहाँले धेरै पढ्नु भयो झन्डै–झन्डै बहुलाउनु भयो’

9,017

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व सहपाठी डा. बाबुराम भट्टराईलाई ‘बहुलाएको’ संज्ञा दिएका छन् ।

५३ औँ जातिय विभेद विरुद्धको दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भट्टराईलाई इँगित गर्दै बहुलाएको दाबी गरेका हुन् ।

‘कतिपय हाम्रा ठूल्ठूला बुद्धिजिवी भन्ने साथीहरु सानो कुरा बुझ्न सक्दैनन् । प्राप्त भएका उपलब्धि रक्षा गरेर नयाँ उपलब्धी हासिल गर्नुपर्छ भन्ने कुरा बुझ्दैनन्,’ उनले भने,‘ धेरै पढ्यो भने धेरै नबुझ्ने हुन्छन् । हाम्रो पार्टीमा बल्ल बल्ल मैले दुख गरेर एउटा बुद्धिजिवीलाई नेतृत्वमा पुर्याएको थिएँ ।

उहाँले धेरै पढ्नु भयो र झन्डै झन्डै बहुलाउनु भयो । देख्नुभएको छ तपाईंहरुले । अरु पनि को को बुद्धिजिवि बहुलाउँदै जाने हुन भन्ने डर लाग्न थालेको छ । त्यस्तो नहोस् ।’

भिडियाे हेर्नुहाेस्

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: