Todays Nepal
No1 Nepal's Complete News Sites

छोरा तैमुर रोएपछि हैरान भएकी करिनाले यसो गरिन्

9,094

केही दिनअघि बलिउडकी नायिका करिना कपुर छोराका साथ साथी अमृता अरोडाको घर पुगेकी थिइन्। तैमुर निकै खुसीका साथ अमृताको घरमा बसेका थिए।तर त्यहाँबाट निस्कने क्रममा भने उनी एक्कासी भक्कानिदै रुन थाले।

कारमा बस्दै गर्दा छोरो रुन थालेपछि करिनाले उनलाई सम्‍झाउन थालिन्। अनेक जुक्‍ति लगाउँदा पनि छोराले नमाने पछि करिना हैरान भइन्।छोरालाई फकाउन एउटा सानो बट्टा पनि दिइन् ।तर पनि उनी चुप लागेनन्।

अन्तमा केही नलागेपछि करिना रुँदै गरेकाे छाेरालाई लिएर फर्किइन् । खासमा उनी रुनुकाे कारण नबुझिए पनि उनी मम्मीको बेस्ट साथीको घरबाट छुटिँदा रोएका थिए।

यसअघि उनको एयरपोर्टमा आमा करिनाको काखमा रुँदै गरेको तस्बिर सोसल मिडियामा भाइरल भएको थियो। पछिल्लो समय तैमुरका तस्बिर सोसियल मिडियामा अाउनेक्रम बढिरहेको छ।

एजेन्सी

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: