Todays Nepal
No1 Nepal's Complete News Sites

पत्नीसँग सम्बन्धविच्छेद : बाबुले भने – विमान दुर्घटनामा मृत्यु भएकी छोरीको शवमा राजनीति भयो !

9,148

विमान दुर्घटनामा छोरीको निधन हुँदा शोकमा डुबेका गजेन्द्र थापा दाहसंस्कारसमेत गर्न नपाएकोमा दुःखी भएका छन् । युएस बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणक्रममा दुर्घटना हुँदा गजेन्द्रकी एमबीबीएस अध्ययनरत छोरी आस्थाको निधन भएको थियो । बंगलादेशस्थित जलालावाद रागिब रविया मेडिकल कलेजमा अध्ययनरत आस्था एक महिने छुट्टीमा घर फर्कंदै थिइन् । ‘छोरीको शवसमेत हेर्न पाइनँ,’ थापाले भने, ‘दाहसंस्कार गर्न खोजेको थिएँ । त्यो पनि पाइनँ ।’

गत जेठमा सम्बन्धबिच्छेद गरेका विदुर नगरपालिका–८, थुम्काका थापाले प्रहरी–प्रशासनले समेत शव हेर्न र दाहसंस्कार गर्न असहयोग गरेको बताए । दाहसंस्कार गर्न पाऊँ भनेर निवेदन दिँदासमेत गौशाला प्रहरी बिट र प्रहरीले दर्ता गर्न नमानेको उनले दुःखेसो पोखे । काठमाडौं प्रहरी परिसरमा निवेदन दर्ता गरेको भए पनि असहयोग भएको दुःखेसो व्यक्त गर्दै उनले थपे, ‘सम्बन्धविच्छेद भए पनि मैले पनि छोरीको दागबत्ती दिन पाउनुपर्छ ।

दाहसंस्कार सामूहिक गरौं भन्न मनसाय थियो ।’ तर काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको र अदालत जानुस् भनी फर्काइदिएको उनले बताए । छोरीको सदगत गर्न पाऊँभन्दा राजनीतिक हस्तक्षेप भएको उनले दाबी गरे । ‘पत्नीसँग सम्बन्धविच्छेद भए पनि छोरीसँग सम्बन्ध कायमै थियो,’ उनले भने, ‘सम्बन्धविच्छेद पत्रमा पनि छोरीको अंश मसँगै थियो ।’ आफूलाई छक्याएर आस्थाको शव एकतर्फी रूपमा लगिएको उनले गुनासो पोखे ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: