अहिले सामाजिक संजालले सडकका मान्छेलाई ‘हिरो’ बनाउन थालेको छ । कहिले तरकारीवाली, कहिले चियावाला ।
यस्तै, अहिले एक युवतीको फोटो भाइरल भएको छ । ती युवती नीलो जिन्स लगाएर, छातीमा बच्चालाई च्यापेर झाडु लगाइरहेकी छिन् ।आखिर को हुन् उनी ? अनि किन भाइरल भइरहेको छ उनको फोटो ?
यो फोटो एकजना भारतीय युवती हो । उनी ‘स्वच्छ मंगलुरु अभियान’ अन्तर्गत सडकको सरसफाइमा सरिक भएकी हुन् । उनको नाम सुधीक्षा किरण हो ।
कर्नाटकका पूर्व मुख्यमन्त्री एवं प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका क्याबिनेट मन्त्री सदानन्द गौडले उक्त फोटो हाइलाइट गरेपछि सोसल मिडियामा भाइरल भएको हो ।उनीहरूले ती युवतीलाई ‘असली मिस इन्डिया’ भनी तारिफ गरेका छन् ।