Todays Nepal
No1 Nepal's Complete News Sites

सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले जर्सी प्रदान गर्ने

8,997

आगामी ७ अप्रिलदेखि २७ मेसम्म सञ्चालन हुने ११औं इन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने दिल्ली डेयरडेयभिल्सबाट खेल्दैछन् । आज दिल्ली डेयरडेभिल्सले क्रिकेटर लामिछानेलाई जर्सी हस्तान्तरण गर्न क्लबका उच्च पदाधिकारी बुधबार नै काठमाडाैं आइसकेका छन् ।
क्लबका उच्च अधिकारीको उपस्थितिमा प्रधानमन्त्री केपी ओलीमार्फत जर्सी हन्तान्तरण गर्ने कार्यक्रम रहेको लामिछानेले जानकारी दिए । यद्यपि कार्यक्रमको समय र जर्सी नम्बर भने तय भइनसकेको उनको भनाइ छ ।

नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीका अनुसार सन्दीपलाई जर्सी प्रदान गर्न क्लबका सिईओ हेमन्त दुवासहितको उच्चस्तरीय टोली काठमाडौंमा रहेको छ । आईपिएल क्रिकेटमा छनोट हुने पहिलो नेपाली क्रिकेटर लामिछानेलाई दिल्लीले २० लाख भारुमा खरिद गरेको थियो ।मीडिया एन पी

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: