Todays Nepal
No1 Nepal's Complete News Sites

कस्तो छ तपाईको २०७५ सालको भाग्य… कहाँ के मा हुदैछ प्रगति, आफ्नो दशा ग्रह कसरी हटाउने

11,815

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बिग्रेका काम सुध्रीने योग छ । धन मनग्य कमाइएला । सेयर बजारमा लगानी गर्नेहरुका लागि निकै फाइदाजनक छ यो बर्ष । इलेक्ट्रोनिक्स सामानको व्यापार गरेमा अझ बढी फाइदा होला । सरकारी जागिरमा प्रमोसनको योग छ । घर-परिवारका लागि बढी खर्च हुने देखिन्छ । व्यवसायमा फाइदा होला । भाँडाकुडाको व्यापार भने सकेसम्म सुरु नगरेको राम्रो होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ व्यवसाय सुरु गर्ने योग छ । नोकरीमा खास सफलता प्राप्त गर्न नसकेपनि व्यापारमा राम्रो हुने योग छ। खर्च बढी नै हुने देखिन्छ । आर्थिक दृष्टिले यो वर्षको सम्पूर्ण समय आफ्नै पक्षमा रहने छ । बैसाख, असार, भाद्र र माघ महिना फलदायी हुनेछन् । बैदेशिक रोजगारमा लागेकालाइ समय त्यति राम्रो छैन । सेयर बजारमा लगानी गरेकाहरुले नाफा नै कमाउने योग छ । जेठ महिनामा सुन नकिन्नुहोला । धातुको व्यापार फाप्ला । मेहेनतको राम्रो प्रतिफल पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सेयर बजारमा केहि बढी तनाव बेहोर्नुपर्ने योग छ । सजिलै पैसा कमाउने योग भएपनि बढी तनाव व्यहोर्नुपर्ने देखिन्छ । पर्यटन क्षेत्रमा लागेकाहरुले बढी कमाउने योग छ । सरकारी काम काजमा सफलता मिल्नेछ । विदेश भ्रमणको योग पनि छ । घुमघाममा बढी नै खर्च हुने योग छ । बैदेशिक रोजगारमा हुनेहरुका लागि समय राम्रो छ । जेठ, साउन र असोज राम्रो महिना छ भने कार्तिक र फाल्गुन अशुभ छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक दृष्टिले यो समय सुझबुझ र समझदारीमा निर्भर रहने समय हो । जोसुकैसित आँखा चिम्लिएर विश्वास गर्नु लाभकारी हुन्न, सञ्चित धन नाश हुने खतरा छ । बन्दव्यापारमा साझेदारप्रति सशङ्कित हुनुपर्छ, तपाईंविरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । नोकरीमा संलग्न व्यक्तिहरूले उन्नतिका निमित्त प्रशस्त अवसर प्राप्त गर्नेछन् र नवीन पेसा वा रोजगारीको राम्रो अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यो बर्ष आर्थिक हिसावले निकै नै राम्रो बर्ष छ । कपडाको व्यापार गर्नेहरुका लागि समय निकै उत्तम छ । धन मनग्य कमाउने योग छ । खर्च पनि नियन्त्रण हुनेछ । जेठ महिनामा केहि धनमाल हराउने योग भएकाले सजग रहनुहोला । सरकारी जागिर खानेहरूका लागि पनि यो बर्ष निकै राम्रो छ । वैदेशिक रोजगारमा रहेकाहरुका लागि भने बर्ष औसत छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) पूराना ऋणहरु तिर्ने योग छ । फसेको ठाउँबाट पनि पैसा असुल उपर हुने योग छ । सेयर बजारमा लागेकाहरुका लागि समय औसत छ । खर्च नियन्त्रण गर्न भने समस्या हुनेछ । बैदेशिक रोजगारमा गएकाहरुका लागि समय त्यति राम्रो छैन । असोज महिनामा अलि बढी नै नोक्सान व्यहोर्नुपर्ने देखिन्छ । सकेसम्म यो बर्ष अरुलाई सापट वा ऋण नदिनुहोला । कार्तिक महिना फलदायी हुनेछ । चैत्रमा कुनै ठुलो लगानी गर्दा ख्याल गर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) ऋणमा फसिने योग छ । ऋणको मात्रा पनि बढ्ने देखिन्छ । आर्थिक हिसावले यो बर्ष त्यति राम्रो देखिंदैन । घुमघाममा बढी खर्च हुने योग छ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । सकेसम्म यो बर्ष धातुमा खर्च नगरेको राम्रो हुन्छ । बैदेशिक रोजगारमा जानेहरुका लागि समय निकै राम्रो छ । यो बर्ष यो राशिलाई जागिरभन्दा व्यापार नै फाप्ला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, य ) बृश्चिक राशिका मानिसहरुले २०७४ सालमा सेयर बजारबाट मनग्य आम्दानी गर्ने देखिन्छ । आर्थिक दृष्टिले यो वर्ष लाभदायक र आशावादी परिणाम प्राप्त हुने सम्भावना छ । बैसाख, मङ्सिर र फाल्गुन महिनामा सुन किने फाइदाजनक होला । लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो हुन भने सक्ने देखिएको छ । फलामको व्यापार गर्दा राम्रो होला । अनावश्यक खर्च हुने योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) नयाँ काम सुरु गरेमा बढी फाइदा होला । देश विदेशको घुमघामको योग बढी छ । जागिरमा प्रमोसनको सम्भावना कम भएपनि व्यापार गर्नेहरुका लागि निकै राम्रो समय छ । सकेसम्म कुम्भ राशिसँग आर्थिक कारोबार गर्नुहोला भने मिथुन राशिसंग आर्थिक कारोबार कम गर्नुहोला । सेयर बजारबाट फाइदा हुने योग छैन । होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै फाइदाजनक देखिन्छ । कानुनी झमेलाबाट टाढा रहनु पर्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) बैसाख, असार, भाद्र र कार्तिक शुभ रहला । अन्य महिनामा खासै कमाउने योग छैन । सेयर बजारमा लगानी गरेकाहरुले बिचार पुर्याउनु होला । ऋणमा डुबिने योग छ । व्यापार गर्दा उधारो दिन कम गर्नुहोला । पैसा फस्ने योग भएकाले बिचार गर्नुहोला । फुर्मासी बढी खर्च हुने योग छ । नगरेको कामको अपजश पाइएला । असोज महिनामा धनमाल हराउने योग भएकाले अलि बढी सजग रहनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आर्थिक पक्ष बलियो बन्नेछ । पैसा मनग्य कमाउने योग छ । विशेषगरी व्यापारमा लागेकाहरुका लागि समय निकै राम्रो छ । गीत. संगीत, सञ्चारमा लागेकाहरुका लागि समय निकै राम्रो छ । पढाइमा समेत सफलता मिल्नेछ । कमाएको धन बचत हुने योग छ । कर्कट राशिसँग अलि टाढा नै बस्दा रार्मो होला । सेयर बजारमा लगानी गर्नेहरुका लागि समय उत्तम छ । बिदेशीक भ्रमणको योग छ । घुमफिरमा बढी खर्च भएपनि त्यसको प्रतिफल समेत पाउने योग छ । नोकरी भन्दा व्यापार गर्नेहरुका लागि समय उत्तम छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) वित्तीय कारोबारबाट फाइदा हुनेछ । लागेको ऋण समेत तिर्ने योग छ । बदेशिक रोजगारमा जानेहरुका लागि समय राम्रो छ भने सेयर बजारमा लगानी गर्नेहरुले ख्याल गर्नुहोला । जेठ र भाद्र महिना राम्रै फाइदा होला भने कार्तिक र फागुन महिनामा खासै सोचेजस्तो प्रगति नहोला । सकेसम्म वृष राशिसँग कारोबार नगर्नुहोला । प्रस्तुती : पण्डित श्रीधर पौडेल नेपालआजबाट

अर्का ज्योतिषीको भविष्य वाणी सुन्नुहोस भिडियोमा

चर्चित युवा ज्योतिष हरिहर अधिकारीले बार्है राशीफलको भविश्यबाणी गरेका छन् ।ज्योतिषले गरेका भविष्यवाणी कतिलाई बिस्वसिलो रुपमा लिने गर्छन भने कतिले अहियात भन्छन तर धुर्वसत्य कुरा के पनि हो भने ज्योतिष साश्त्र पनि बैज्ञानिकहरुले बिस्वसिलो रुपमा लिदै आएको छन ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: