Todays Nepal
No1 Nepal's Complete News Sites

लाग्यो टुंगो बिद्या भण्डारी पति मदन भण्डारीलाई त्रिशुलीमा खसाली हत्या गर्नेको ?

9,765

पुनर्गठित माअाेवादी केन्द्रका अध्यक्ष गाेपाल किरातीले प्रचण्ड एमालेमा विलय हुन पुगेर ठुलाे गल्ती गरेकाे भन्दै कालान्तरमा उनले ठूलाे पश्चताप गर्ने बताएका छन् ।एमाले नामकाे अवसरवादी पार्टीले अाफ्नाे नेता महासचिव मदन भण्डारीलार्इ त्रिशुलीमा खसाल्नेहरूले एकदिन प्रचण्डलार्इ पनि त्यसैगरी ठीक पार्ने

किरातीकाे दाबी छ । बाह्रखरी नामकाे अनलाइनसँगकाे कुराकानीमा किरातीले एमाले र माकेकाे समाजवाद नेपालमा असफल हुने बताएका छन् ।किरातीले भनेका छन् प्रचण्डलाई २१ औं शताब्दिको लेनिन बनाउने भनेर हामी लाग्यौं । तर, अहिले आएर टाट्रस्की पनि बन्ने नसक्ने अवस्थामा पुग्नुभयो ।

उहाँले एमालेसँग बहस गर्न जाने भन्दै हुनुहुन्थो । अब माओवाद छाडेपछि केमा बहस गर्ने ? त्यो बहसले के निकाल्ने ? आफ्नो महासचिव मदन भण्डारीलाई त लगेर त्रिशूलीमा खसाल्नेहरुले प्रचण्डलाई गरिखान देलान् र भनेर हामीले पत्याउन सकेनौं ।

त्यसकारण हामी गएनौं । प्रचण्डले महलबाट पार्टी चलाउन खोज्नुभयो, अन्तिममा सक्नुभएन । हामी सडकबाट पार्टी चलाउँछौं, किनकि सडकमा जनता हुन्छन्,ओली र प्रचण्डले मुलुकमा समृद्धि र समाजवाद ल्याउने भन्नुभएको छ, तर उहाँहरुबाट सम्भव छैन, २–४ वर्षपछि नेपाली जनताले ओली–प्रचण्डको समाजवाद र स्थिरता पनि देखियो बोलको गीत गाउनुपर्छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: