Todays Nepal
No1 Nepal's Complete News Sites

नेताहरु किन गुण्डा पालिरहेका छन् ?

8,700

राजनीति र अपराधको गठजोड नेपालमा नयाँ होइन । राजनीतिक इतिहास हेर्दा धोकाधडी, षड्यन्त्र र हत्याहिंसा मच्चाएर राजनीतिमा ‘राज’ गर्ने परम्परा उहिल्यैदेखि रहिआएको पाइन्छ । नेपालको संविधानले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेद्वारको योग्यता र आचरणबारे स्पष्ट व्यवस्था गरेको छ । विगतमा नैतिक पतन देखिने फौजदारी अभियोग लागेका व्यक्ति उम्मेद्वार बन्न अयोग्य मानिएको छ ।

तर प्रश्न उठ्छ– कानुनले अयोग्य ठह¥याएका मनाङेजस्ता व्यक्तिलाई ‘माननीय’ बन्ने योग्यता कसले दियो ? सजिलै पार्टीको सदस्यता एवं टिकट पाउनु, त्यस्ता व्यक्तिउपर कुनै उजुरी नपर्नु र निर्वाचन आयोगले वैधानिकता दिनुले राजनीति खुलेआम अपराधीकरणतर्फ लहसिँदै गएको प्रष्ट पार्छ ।

लोकतान्त्रिक गणतन्त्र, कानुनी शासन, नागरिक तथा संवैधानिक सर्वोच्चता र मानव अधिकारजस्ता अवधारणाले संस्थागत रूप लिइसक्दा पनि नेपालमा अपराध र राजनीतिको गठजोडमा कुनै कमी आएको छैन, बरु झन् फस्टाउँदै र जटिल बन्दै गएको छ । यहि परिदृश्यमा टिकापुर हत्या काण्डका आरोपीलाई गृहमन्त्रीले जुस मिलाएर उनको अनसन तोडाए अनि गुण्डा नाइके भनिएको कांग्रेस नेता गणेश लामालाई ससम्मान छोड्न भन्दै काभ्रे कांग्रेसले गरेको नाराजुलुसले सबैको ध्यान तान्यो यहि बिषयलाई कंग्रेस कै अर्का नेता धनराज खरो टिप्पणी गर्दै ट्वीटगरे ”सत्तापक्ष गुण्डालाई जुस, प्रतिपक्ष गुण्डालाई जुलुस। सत्तापक्ष र प्रतिपक्ष बिच घिनलाग्दो प्रतिस्पर्धा! राजनीतिमा नैतिकता हराएको मेरो देश!”

राजनीतिमा अपराध र अपराधमा राजनीति नेपाली समाजको डरलाग्दो रोग बन्दै गएको छ। पछिल्ला बर्षहरुमा राजनीति कमाई खाने धन्दा बनेको छ। राजनीति सेवा हैन पेशा बनेको छ। अधिकाँश नेताहरुको न कुनै व्यवशाय छ न कुनै जागिर छ, तर उनीहरुको रहनसहन माथिल्लो वर्गको जस्तै बनेको छ , राजनीतिमा धन र डन् हाबी भइरहेको छ बिषयलाई कान्तिपुर टिभीको सरोकार कार्यक्रममा एमाले नेता घनश्याम भुषाल , कांग्रेस नेता धनराज गुरुङ , विश्लेषक अरुण सुबेदी , र पुर्व एआइजी बिज्ञान शर्मा बीच भएको खरो बहस ।

नेताहरु किन गुण्डा पालिरहेका छन् ? हेर्नुहोस् कार्यक्रम सरोकार

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: