Todays Nepal
No1 Nepal's Complete News Sites

काठमाडौंमा बस्ने अधिकांश केटाकेटी भर्जिन छैनन: सोनिका रोकाया

8,922

हिजोआज प्रेमसम्बन्ध हुनेहरूले पनि बेग्लै यौन साथी बनाएका हुन्छन् । खासगरी डिभोर्सको कारण पनि त्यही हो जस्तो लाग्छ । मानिसहरूले जब यौनसम्बन्धमा नयाँ फ्लेबर खोज्न थाले, त्यसपछि घर भाँडिने घटनाहरू बढ्न थाले, तर स्वस्थ यौन व्यवहारले स्वास्थ्यलाई फाइदै हुन्छ ।

अहिलेको पुस्ताले प्रेम गर्दा यौनको स्वाद पनि सँगै लिइरहेको हुन्छ । म लेखेरै दिन्छु, काठमाडौंमा बस्ने अधिकांश केटाकेटी भर्जिन छैनन्, किनभने सबैमा यौनको चाहना हुन्छ ।

यौनसम्पर्क भएन भने मानिस पागल हुन्छ । हरेकलाई यौनसाथी चाहिन्छ नै । प्रेममा यौन जरुरी हुन्छ । यद्यपि त्यस्तो सम्बन्ध गोप्य हुनुपर्छ ।

यो आफ्नो माया व्यक्त गर्ने उपयुक्त माध्यम पनि हो । प्रविधिको विकासले पनि युवा पुस्तालाई चनाखो बनाएको छ । कस्तो आसनमा यौनसम्पर्क गर्दा आनन्द अनुभूति हुन्छ भन्ने कुरामा इन्टरनेटले सहयोग गरिरहेको छ ।

विवाहअघि यौनसम्पर्क हुनैपर्छ, जसले चोखो माया गरेर यौनसम्पर्क गर्छन्, त्यसमा छुट्टै मजा छ । शारीरिक सन्तुष्टि लिन गरिने यौनसम्पर्कमा महिलालाई पीडा हुन्छ ।

सायद पुरुषलाई त्यसमा मजा हुँदो हो । शारीरिक सन्तुष्टिका लागि मात्र यौनसम्पर्क गर्ने मानिसले कसरी अरूसँग सम्बन्ध राख्छन् मलाई अचम्म लाग्छ । जसले फिलिङ्स बुझ्छ त्यसमा पो मज्जा हुन्छ ।

मनसाय नबुझी गरिने शारीरिक सम्बन्धमा मज्जा हुँदैन । यदि नेपालमा पनि रेड लाइट एरिया भैदिएको भए बलात्कारका घटनाहरू कम हुन्थे । सरकारले रेड लाइट एरियालाई मान्यता दिनुपर्छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: