Todays Nepal
No1 Nepal's Complete News Sites

के तपैलाई थाहा छ ? यसरी करोडौं फेसबुक प्रयोगकर्ताको डाटा चोरी, अमेरीका देखि व्रिटेनसम्म हलचल

7,585

करोडौं फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको आशंका गरिएको छ । यो खबर सार्वजनिक भएलगत्तै सामाजिक सन्जाल फेसबुकको शेयरमा तीव्र गिरावट आएको छ ।

सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकलले फेसबुकका पाँ च करोडभन्दा बढी प्रयोगकर्ताको निजी जानकारी चोरेको आरोप सार्वजनिक भएको हो ।

न्यूयोर्क स्टक एक्सचेन्जमा यस खबरको ठूलो असर पर्‍यो र फेसबुकको शेयर कारोबारमा करिब आठ प्रतिशतले गिरावट आयो । यद्यपि केही सम्हालिँ दै सात प्रतिशतले गिरावटसहित शेयर कारोबार बन्द भयो ।

फेसबुकले यी आरोपको व्यापक अनुसन्धान गर्ने प्रतिवद्धता जनाएको छ । अनुसन्धानका लागि क्याम्ब्रिज एनालिटिकललाई निलम्वन गरिएको छ ।

अमेरिका र कयौं युरोपीय देशका सरकारले यस खबरप्रति गम्भीर सवाल उठाएका छन् । ब्रिटेनका प्रधानमन्त्री टेरीजा मेका प्रवक्ताले यस आरोपलाई निकै गम्भीर भनेका छन् । उनले भनेका छन्, ‘यो फेसबुक प्रयोगकर्तालाई उनीहरुका निजी जानकारी सुरक्षित रहने र त्यसको प्रयोग उचित तरिकाले हुनेछ भन्ने पक्का भरोसा हुनुपर्दछ ।’

अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएकोप्रति चिन्ता व्यक्त गरेको छ र फेसबुकलाई उचित कदम चाल्न भनेको छ ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: