Todays Nepal
No1 Nepal's Complete News Sites

बीपीले भनेका थिएः गिरिजालाई हवल्दारभन्दा ठूलो पद नदिनु, देश बिगार्छ

7,827

कांग्रेसको नेतृत्वमा मजदुर आन्दोलन चलिरहेको थियो । कांग्रेसका बरिष्ठ नेताहरु बीपी कोइरालासँग अनौपचारिक छलफलमा थिए । त्यहाँ मजदुर आन्दोलनको भविष्यबारे छलफल हुँदै थियो ।

अनौपचारिक छलफलका क्रममा बीपी कोइरालाले गिरिजातिर देखाउँदै नेताहरुलाई भने, ‘यो गिरिजालाई हवल्दारभन्दा ठूलो पद नदिनु, यसले देश बिगार्छ ।’ नेताहरु तीन छक परे ।

गिरिजा बीपीका भाइ थिए । आफ्नै दाइले हवल्दारभन्दा माथिको पद नदिनु भनेपछि गिरिजा अत्यन्तै भावुक र निरास भए । त्यसपछि उनी आफ्नै खुट्टामा राजनीतिक यात्रामा अघि बढे ।

१२ बुंदे समझदारी, शान्ति सम्झौता र गणतन्त्रसम्म आउँदा गिरिजाले बीपीले भनेको कुरालाई गलत सावित गरिदिए । गिरिजालाई चिन्नेहरु भन्छन्, ‘बीपीले त्यसो नभनेको भए, गिरिजालाई पेच पर्ने थिएन र राजनेता बन्ने थिएनन् ।’

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: