Todays Nepal
No1 Nepal's Complete News Sites

४ मिनेटको ४० हजार रुपैयाँ मात्र लिन्छु : रश्मी तामाङ

9,240

तामाङ फिल्म बाजीमेला मा समेत अभिनय गरेकी छिन् । उनलाई नेपालको एक चर्चित लोकदोहोरी नायिकाका रूपमा लिइन्छ । उनले थुप्रै लोकदोहोरी गीतको म्युजिक भिडियोमा अभिनय गरि छोटो समयमा नै आफूलाई चर्चित बनाउन सफल भएकी छिन् । यो तिजमा ढल्केर नाचिन्छ उनको एकदम चर्चित गीत हो । उनले ३५० भन्दा बढी भिडियोमा अभिनय गरी सकेकी छिन्।

एक युट्युब च्यानलसँग कुरा गर्दै तामाङले अहिले म्युजिक भिडियो निकै कम गरेको बताइन्। उनले भनिन् – ‘राम्रो गीत र राम्रो बजेटको गीत मात्रै गर्दै छु त्यसैले कम म्युजिक भिडियोमा देखिँदै छु। ‘
केही समय अगाडिसम्म अत्यधिक रुपमा भिडियोहरूमा देखिने रश्मी अचेल भने कमै मात्रा देखिन्छिन्। यसको कारण खुलाउँदै रश्मि भन्छिन् , ‘मोडलहरूले आफ्नो एउटा स्थान बनाइसकेपछि, आफूलाई त्यही अनुसार बनाउनु पनि राम्रो हुन्छ। सस्तोमा अभिनय गर्ने, भिडियोमा खेलाउन अनुरोध गर्ने गर्दा मोडलहरू आफै दबिएका छन्। त्यसैले मैले मेरो पारिश्रमिक ४० हजार तोकेकी छु। म अचेल ४० हजार दिने भिडियोहरूमा मात्र अभिनय गर्न थालेकी छु। ‘

अन्तर्वार्ताको क्रममा उनले आफू अफरमा नरहेको बताइन्।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: