Todays Nepal
No1 Nepal's Complete News Sites

चुनावमा लागेको ऋण तिर्न तरकारी बेच्दै उपमेयर

9,031

लमही नगरपालकिा वडा नम्बर ५ निपासी ३६ बर्षीय कालुराम चौधरी नेकपा माओवादी केन्द्रवाट लमही नगरपालिकामा स्थानीय तहको निर्वाचनमा उप मेयर पदका उम्मेदवार हुन् । तर आज उनी लमही बजारमा तरकारी डुलाएर बेच्दै गरेको भेटिन्छन् ।

जान्न खोज्दा उनले सहज उत्तर दिन्छन् ‘ चुनावमा लागेको ऋण तिर्न तरकारी बेच्नुको विकल्प रहेन ।’ लमही बजारको पुरानो बसपार्कमा कालुरामले तरकारीको ठेला धकेल्दै ल्याउँदा शुरु–शुरुमा लमहीका स्थानीय व्यापारीहरु अचम्म पर्दथे ।
राजनीति गर्ने मान्छे किन यसरी तरकारी डुलाउँदै हिड्न थालेको हो भन्ने प्रश्न गर्दथे । ‘नेता भएरपनि यसरी बजार डुलाएर तरकारी बेच्ने ।’ भन्ने अधिकाँसले उनलाई प्रश्न गरेको कालुराम सम्झन्छन् ।

बजारमा यस्ता थुप्रै प्रश्नहरु तेर्सिदा कालुरामलाई सुरुमा अप्ठेरो नलागेको होइन तर आजभने उनलाई त्यस्ता कुराको कुनै वास्ता छैन ।
नेकपा माओवादी केन्द्रवाट लमहीनगरपालिकावाट उप मेयर पदमा पराजित भएपछि उनी फेरि पूर्ववत जीवनमै फर्किएका हुन ।
निर्वाचनको समयमा निम्न वर्गको राम्रो साहानुभति बटुलेका चौधरीले निर्वाचनको समयमा लागेको ऋण तिर्नलाई तरकारी व्यवसाय संचालन गर्न थालेको बताए । ‘निर्वाचनमा लागेको ऋण पनि तिर्न पर्यो,घर परिवारपनि पाल्न प¥यो,अरु काम भेटिदैन,मैले यहि जान्या छु ।’ चौधरीले भने ।
उनले निर्वाचनमा कुनैपनि व्यापारी तथा उद्योगी संग आर्थिक साहेता नमागेको बताए । ‘आफ्नै बल बुता र आफ्नैले आर्जन गरेको शक्तिवाट चुनाव जितेपछि मात्रै स्वतन्त्र भएर काम गर्न सकिन्छ । त्यसैले मैले कसैवाट आर्थिक साहेता मागेन ।’ चौधरीले भने ।
विहानै उठेर गाउँघरमा गएर तरकारी संकलन गर्छन र बजारमा ठेलामा डुलाएर तरकारी बेच्नु चौधरीको दिनचर्या बनेको छ । तर समय समयमा छिमेकी जिल्ला प्यूठान र रोल्पासम्म तरकारी पठाउने गरेको चौधरीले बताए । उप मेयरका उम्मेदवारले घरघर र गल्ली गल्लीमा तरकारी डुलाउँदा ‘कसैले कमरेड नमस्कार’ भन्ने गरेको चौधरीले बताए ।
कतिपयले नेताज्यू, भन्ने गरेको कालुराम चौधरी बताउँछन् । उपभोत्ताले नेता भन्दा राम्रो मान्ने चौधरीले स्थानीय स्तरमा उत्पादन भएको तरकारी बेचेर जीवन चलाउन पाउँदा आनन्द लाग्ने गरेको बताए ।

‘स्थानीय स्तरमै उत्पादन भएको ताजा तरकारीलाई उपभोत्ताको घरघरमा पु¥याउँदा उपभोत्ता पनि खुःसी हुनुहुन्छ,मलाई पनि आनन्द आउँछ ।’ चौधरीले भने ।
कालुराम चौधरीले तरकारी व्यवसायी वाट दैनिक २० हजार भन्दा वढीको कारोवार गरि दैनिक दुई हजारदेखि तीन हजार सम्म आम्दानी हुने गरेको जानकारी दिए । यहि कमाइवाट उनले तीन सन्तानलाई शिक्षादिक्षा दिन सफल भएको बताए ।
चौधरीले आफू १८ वर्षको भएदेखि नै रिक्सा चलाउने काम गरेको बताउँछन् । रिक्सा संगै हाडवेर्यसमा सिमेन्ट बोक्ने लगायतको मजदुरी गर्दै आएका चौधरी सामाजिक काममा पनि उत्तिकै सक्रिय भएर खटिन्छन् ।

लमही नगरविकास समितिको पार्टी प्रतिनिधी, खिमवहादुर शाह माबी कोलहीको व्यवस्थापन समितिका अध्यक्ष र कर्री सामुदायिक वन उपभोत्ता समितिको अध्यक्ष भएर सामाजिक संस्थाको अनुभवपनि कालुरामले बटुलेका छन् ।
२०६२ सालवाट माओवादीमा प्रवेश गरेका चौधरी अखिल नेपाल रिक्सा मजदुर संघका केन्द्रीय सचिव पनि हुन । ३६ वर्षिय यूवा कालुरामले काम सानो र ठूलो नहुने बताउँछन् ।
‘राजनीतिवाट मात्रै खान लाउन पुग्दैन’, चौधरीले भने ‘ आफैले काम गरे चाहिएको समयमा दुई÷चार सयको लागि अरुसंग माग्नु पर्दैन ।’ तरकारी व्यवसाय निरन्तरर्ता दिने योजना बनाएका चौधरीले स्रोत साधन र पुंजिको अभाव रहेको बताए ।
बजारको उचित व्यवस्थापन नहुँदा र दिनहुँ तरकारीको मुल्यमा आउने उतारचढावले पनि समस्या आउने गरेको जानकारी दिए । साभार नयाँबाटो

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: