Todays Nepal
No1 Nepal's Complete News Sites

आकाशबाट सुनको वर्षा भएपछि यस शहरमा

9,029

याकुट्स्क शहर मस्कोबाट ५००० माइल टाढा छ । यहाँ तापक्रम माइनस ८५ डिग्री फरेनहाइटसम्म पुग्छ । औसत दिनमा जिज्ञासुहरुलाई आकर्षित गर्न यो स्थानमा केही छैन ।

तर यो साता यो शहरबाट एक रोचक खबर आयो जसले मानिसहरुको ध्यान तान्यो । कत्ति त हतार हतार सहर तर्फ कुदे ।यो हप्ता यो सहरको आकाशबाट ३.४ टनको सुन खसेको अस्वाभाविक दृश्य देखियोे । यो दुर्लभ दृश्य तब देखियो जब उडान भर्न लागेको सोभियत कालिन कार्गो विमानको पछाडीको ढोका खुल्यो ।

त्यसपछि सुनजस्तो देखिने चिज हावामा उडे । ९खासमा तिनीहरु सुन नभएर डोर थिए– सुन र चाँदीको अर्ध–शुद्ध मिश्रण । शुद्ध सुन नभएपनि तिनलाई सुनको एकदम नजिक मानिन्छ ।रसियाको जाँच कमिटीले जारी गरेको वक्तव्यमा भनिएको छ “एन्टोनोभ ए।एन।–१२ विमानले बोकेको ९ टन बहुमुल्य धातु विमानमा खुलेपछी विमानको तल्लो ढोकामा दबाब परेर सो ढोका खुलेको थियो । सुन १५ करोड अमेरिकी डलर बराबरको थियो ।”

आकाशबाट सुन खसेको खबर सामाजिक सञ्जालमा आगो फैलिए झैं फैलिएको थियो । एक धेरै शेयर गरिएको फोटोमा लेखिएको छ । “याकुट्स्क एयरपोर्टलाई टोयोटा प्रोबक्स जस्तोे कार चाहियो १ साथमा २०० किलोग्राम अट्ने झोला । तत्काल १११ त्यस बापत तपाईले पाउने हुनेछः आधा किलो सुन ।”

अधिकारीका अनुसार प्लेन तत्काल पुनः अवतरण गरिएको थियो । विमानस्थलको धावनमार्गमा खसेका ३।४ टन तौलका धातुको १७२ वटा ढिक्का पुनः प्राप्त गरिएको अधिकारीहरुले बताएका छन् । तर, विमानस्थलमा धातु झरेको खबर आएपछि निक्कै जिज्ञासु र लोभी मानिसहरु त्यता लागेका थिए । तर घटना लगतै सुरक्षाकर्मीहरुले सो स्थानलाई नियन्त्रणमा लिइसकेको थियो ।

तर प्रशासनले जारी गरेको वक्तव्यहरु भने एक आपसमा बाझिएको देखिएको छ । एक वक्तव्यमा विमानबाट खसेका सबै धातुका ढिक्का प्राप्त भइसकेको बताइएपनि साथै अर्को वक्तव्यमा भने प्रसाशनले कसैले उक्त बहुमुल्य धातु भेटेमा तुरुन्त फिर्ता गर्न निर्देशन दिएकोे छ ।

फिर्ता नगर्ने मानिसले सजाय पाउने पनि चेतावनीसमेत दिइएको छ ।शुक्रबार दिउसोसम्म पनि केही मानिसहरु विमानस्थलको सुरक्षाकर्मीको निगरानी रहेको भन्दा केही पर मैदानमा बहुमुल्य धातु खोजिरहेका देखिन्थे ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: