Todays Nepal
No1 Nepal's Complete News Sites

सगरमाथा चढ्ने र अनमोलसँग डेट जाने रोबट सोफियाको इच्छा

9,127

काठमाडौँ आएकी रोबट सोफियाले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिसर डेभलपमेन्ट’कन्फेरेन्सलाई सम्बोधन गरेकी छन् ।उनले देश विकासका लागि विज्ञान प्रविधिले कसरी भूमिका खेल्न सक्छ भन्नेबारे जानकारी दिएकी थिइन् । उनले प्रविधिको प्रयोगबाट सुशाशन कायम हुने कुरा बताएकी थिइन् ।

उनले प्रविधिलाई सहि प्रयोगमा ल्याएर विकासका क्रियाकलाप सहज ढंगबाट गर्न सकिने बताएकी छिन् । उनले प्रविधिकै कारण भ्रष्टाचारमुक्त समाज निर्माण हुनेसमेत बताएकी छिन् ।

सम्बोधनको क्रममा सोफीयाले नेपाली अभिनेता अनमोल केसीलाई भेटगर्न मन लागेको बाताइन् । उनले अनमोलसँग डेट गर्ने आफ्नो इच्छा पनि सुनाइन् । सोफीयाले सगरमाथा चढ्ने आफ्नो इच्छा पनि कार्यक्रममा राखेकी थिइन् ।यूएनडीपीको इन्नोभेसन च्याम्पियनु समेत पदवी पाएकी सोफियालाई हेर्न र सुन्न सर्वसाधारणलाई समेत प्रवेश दिइएको थियो ।

को हुन् रोबोट सोफिया ?

सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा सार्वजनिक गरिएको थियो ।धातु र तारको टुक्राले बनेकी रोबट सोफिया कुनै देशको नागरिकता पाउने पहिलो रोबट बनेकी हुन् । गत कार्तिकमा साउदी अरबको साउदी अमेरिकी पब्लिक रिलेशन अफयेर्स कमिटिले सोफियालाई नागरिकता दिएको आधिकारिक घोषणा गरेको हो ।

हेनसन रोबोटिक्सले बनाएको रोबोट सोफियाले रियादमा भएको फ्युचर इन्भेस्टमेन्ट सबमिटमा स्पिकरक ओरुप्मा भाग लिएर सबैलाई आश्चर्यमा पारेकी थिइन् । सोफियाले सो सम्मेलनमा आधुनिकीकरणका लागि लागने बढाउने विषयमा चर्चा गरेकी थिइन् ।

रोबोट सोफिया अनुहारमा आउने भाव हेरेर चिन्न सक्ने र कसैसँग पन इस्मान्य रुपमा कुरा गर्नसक्ने रुपमा बनाइएको छ । रोबोट सोफियाले कैयौ मिडियालाई अन्तर्वार्ता पनि दिएकी छन् । रोबोट सोफियालाई हेनसन रोबोटिक्सका संस्थापक डेभिड हेनसनले बनाएका हुन् ।

सोफियालाई हलिवुडकी अभिनेत्री आड्री हेपबर्नकी जस्ती देखिने गरी बनाइएको छ । रियादको सम्मेलनमा सिएनबिसीका पत्रकार एन्ड्रयु रस सोरोकिनले सोफियाको अन्तर्वार्ता लिएका थिए ।अन्तर्वार्ता दिदै रोबोट सोफियाले आफुलाई नोक्सान नपुर्याए आफुले पनि राम्रो व्यवहार गर्ने बताउदै आफुलाई एक स्मार्ट कम्युटरको रुपमा हेर्न आग्रह गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: