Todays Nepal
No1 Nepal's Complete News Sites

विज्ञ भनेर ओलीले मात्र हैन सबै जनताले नै विश्वास गरेका अर्थमन्त्रीकै यस्तो हर्कत

9,265

ओलीका होनहार ठानिएका अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंकमा कार्यरत ज्वाई डा. रामशरण खरेललाई मन्त्रालय तानेका छन् । अर्थमन्त्रीका ज्वाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका उपनिर्देशक पदमा कार्यरत थिए । अब अर्थमन्त्रीका विशेष सहयोगीका रुपमा अर्थमन्त्रालय हाजिर भएका छन् ।

आफन्त नभएसम्म काम गर्न ओलीका यी होनहार अर्थमन्त्री युवराज खतिवडालाई पनि गाह्रै पर्ने देखियो । युवराज खतिवडा गभर्नर भएका बेलामा आफ्ना यिनै ज्वाईलाई कनिष्ठ भए पनि अन्तर्राष्ट्रिय मुद्दा कोषको आकर्षक तलव पाइने स्थानमा पठाएका थिए ।

पूर्व प्रधानमन्त्रीले सालालाई र अर्थमन्त्रीले ज्वाइलाई काखी च्यापेर चल्नुपर्ने स्थिति देखेपछि अरु मन्त्रीले पनि त त्यसै गर्ने होलान् ? भ्रष्टाचारीलाई टपक्क टिपेर फाल्छु भन्ने प्रधानमन्त्री ओलीजी, यो चाहिं भ्रष्टाचार होइन हगी ?

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: