Todays Nepal
No1 Nepal's Complete News Sites

जिग्रीले नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाइदिने !

9,138

नेपाली क्रिकेटले केहि दिन अगाडी एक दिवसिय मान्यता पाएको छ । खेलाडीको अथक मेनहत पछि एक दिवसिय मान्यता पाएको हो । नेपालको आफ्नै क्रिकेट स्टुडियम छैन । भएको एउटा स्तरको टि.यु क्रिकेट मैदान पनि नेपाल सरकारको होइन । त्रिभुवन विश्व विद्यालयको हो । नेपालले बार्षिक १० लाख टि.यु लाई तिर्ने गर्छ । नेपालमा क्रिकेट स्टुडिय चहिन्छ भन्ने सबैलाई थाहा छ । तर काम गर्ने इच्छा सरकारका सम्बन्धित निकायसँग छैन ।

सरकारले बनाउने भनेको मुलपानी क्रिकेट मैदान १७ बर्ष पुग्दा पनि अझै निमार्ण सम्पन्न भएको छैन । त्यस्तै भद्रगोलका हास्यकलाकार (कुमार कट्टेलले (जिग्र)ले औपचारी रुपमा स्टुडियम बनाउने भन्ने घोषणा त गरेका छैनन् तर प्रकृया अघि बढाएको छन् । उनले चाडैनै घोषणा गर्ने तयारीमा छन् । जिग्रीले आफ्नो फेसबुकमा लेखेका छन् “अब देशलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियमको आवश्यकता महशुस गर्दै सरकारसंग समन्वय गरि धुर्मुश सुन्तली फाउन्डेसनको संयोजकत्वमा चाँडै पहल गरिनु पर्छ भनेर छलफल गरियो। आशा गरौं यो देशले छिट्टै अन्तर्राष्ट्रियस्तरको स्टेडियम पाउनेछ। सल्लाह र सुझाब को अपेक्षा गर्दछौ।

तीन करोड नेपाली ले सहयोग गरे कसो सम्भव न होल ।”जिग्रीले आफ्नो फेसबुकमा क्रिकेट स्टुडियम बनाउन २० हजार सहयोग गर्ने घोषणा गरि सकेका छन् । क्रिकेट फ्यानलाई सोधेका छन्, तपाई कति सहयोग गर्ने ?

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: