Todays Nepal
No1 Nepal's Complete News Sites

अव नेपाल भारतसँग क्रिकेट खेल्छ !

9,394

नेपाली राष्टिय क्रिकेट टोलीले पहिलोपटक एक दिवसिय मान्यता पाएको छ । एक दिवसिय मान्यता पाएपछि विश्वभरबाट चर्चित क्रिकेट खेलाडी देखी सबैले बधाई दिई रहेका छन् । नेपालमा भने क्रिकेट फ्यानले एक दिवसिय मान्यता पाएसँगै नेपाली क्रिकेट प्रमिले कुन कुन टिमसँग क्रिकेट खेल्न पाउने नपाउने भन्ने बहस गर्न थालेका छन् । फ्यान मात्र होइन क्रिकेट खेलाडी सबैको एउटा सपना छ त्यो हो भारतसँग क्रिकेट खेल्नु । त्यस्तै नेपालले एक दिवसिय मान्यता पाएपछि भारतीय क्रिकेट टिमका पूर्वस्टार खेलाडी वीरेन्द्र शेहवागले नेपाली क्रिकेट टोलीको प्रशंशा गरेका छन्।

भारतीय टिमका ब्याट्सम्यान शेहवागले आफ्नो फेसबुक पेजमार्फत समर्थकको प्रश्नको लाइभ जवाफ दिँदै नेपाल र नेपालीको तारिफ गरेका हुन्। एक नेपाली क्रिकेट समर्थकले सोधेको प्रश्नमा उनले भने ‘नेपाली टोलीले त कमाल गरेको छ। नेपाललाई अब एक दिवसीय राष्ट्रको दर्जा मिलेको छ र नेपाल एक दिवसीय राष्ट्रको सूचिमा प्रवेश गरेको छ,’।उनले गत वर्ष यु–१९ एसिया कपमा नेपालले भारतलाई हराएको प्रशंग कोट्याउँदै भने– ‘एक दिवसीय मान्यता पाउनु अघि नेपालको अन्डर–१९ टोलिले भारतको अन्डर–१९ टोलिलाई हराएको थियो। त्यो समय नेपालले खेलेको खेल देखेर मजा आएको थियो र मैले त्यो खेल हेरेको पनि थिएँ।’नेपाली टोलिले एक दिवसीय मान्यता पाएको खुशीमा शेहवागले जोडे” मलाई धेरै खुशी लागेको छ की नेपालले यो उपलब्धि हाँसिल गरेको छ। अब अर्को छिमेकि देशले एक दिवसीय मान्यता पाएको छ जो अब हामीसँग वानडे क्रिकेट खेल्नेछ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: