Todays Nepal
No1 Nepal's Complete News Sites

१२ जना नेपालीलाई मारेकाे इराकले यसरी गर्याे ३९ भारतीयको हत्या

9,339

सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको जनाइएको छ ।भारतीय विदेशमन्त्री सुषमा स्वराजले मंगलबार सो कुराको पुष्टि गरेको जनाइएको छ ।

भारतीय संसदमा विदेशमन्त्री सुषमा स्वराजले इराकमा तीन वर्षअघि निर्माणसम्बन्धी काममा कार्यरत् ३९ जना भारतीय नागरिकको इस्लामिक स्ट्टेस ९आइएस०ले हत्या गरेको पुष्टि भएको जानकारी दिएकी हुन् ।

इराकको मोसुल सहरको उत्तरपश्चिम भागमा पर्ने बादुशमोमा नगरको दुर्गम क्षेत्रमा एक सामूहिक चिहान फेलापरेको र उक्त चिहान तिनै भारतीय नागरिकको रहेको पुष्टि भएको उनले बताइन् ।

गाडिएको अवस्थामा रहेका ३९ ओटा शवको डीएनए परीक्षणबाट उनीहरु सन् २०१४ मा अपहरण गरी बेपत्ता बनाइएका भारतीय नागरिकको भएको स्वराजले संसदमा जानकारी दिएकी छन् ।

यद्यपि, सोमबार संसदमा स्वराजले ३८ जनाको डीएनए नमुना परीक्षणबाट पुष्टि भएको र एकजनाको भने आंशिकमात्र मिलेको बताएकी थिइन् ।आइएस जिहादी समूहले सन् २०१४ को अक्टोबरमा इराकको मोसुल सहरबाट ती ३९ जना भारतीय नागरिकलाई अपहरण गरेको थियो ।

इराकमा अपहरणपछि उनीहरुको हत्या भएको अनुमान गरी सोही समयदेखि नै व्यापक मात्रामा खोजीकार्य गरिएको थियो । ती सबै भारतीय नागरिक उत्तरी प्रान्त पन्जाबका थिए ।

ती कामदार मोसुलमा रहेको एक निर्माणसम्बन्धी कम्पनीमा कार्यरत् रहेका थिए । कार्यस्थलबाटै उनीहरुलाई आइएसले अपहरण गरेको थियो ।

अपहरणमा परेदेखि नै अपहरणकारीबाट भारतीय सरकारसँग फिरौतीका लागि कुनै माग नगरेको जनाइएको छ । रासस

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: