Todays Nepal
No1 Nepal's Complete News Sites

प्रम ओलीले भ्रष्टचारीलाई कारवाही गर्छु भनेर भनिरहदाँ झन् धेरै भ्रष्टचार बढिरहेको छ : यादव

9,011

केहिदिन अघि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गरे।जसमा संघीय समाजवादी फोरम पनि सरकारमा जाने लगभग पक्का भएको र फोरमले पाएको भनिएको मन्त्रालय र सम्भावित मन्त्रीको नाम समेत सार्वजानिक भएको थियो।तर विस्तार भएको मन्त्रिपरिषदमा फोरम सामेल भएन।

फोरम अध्यक्ष उपेन्द्र यादवले इमेज च्यानलको कार्यक्रम सम्भासमा कुराकानी गर्दैं आफ्नो पार्टी सरकारमा जान तयार रहेको तर संविधान संशोधन र मन्त्रालयको विषयमा कुराकानी अड्किएको बताए।

उपराष्ट्रपतिको चुनावसम्म फोरमलाई सरकारमा सामेल हुन बारम्बार बोलाइरहेको तर उपराष्ट्रपतिको चुनावपछि भने वास्ता गर्न छोडेको यादवले गुनासो गरे।

देशमा चरम बेथिती रहेको,देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको,उधोगधन्दा चौपट भएको,बेरोजगारी बढेकोमा यादवले चिन्ता प्रकट गरे।यादव भन्छन्-‘देश कालोबजारी र माफियाहरुको कब्जामा छ।केपी ओलीले माफिया र भ्रष्टचारीलाई कारवाही गर्छु भनेर भाषण गरिरहदाँ पनि देशमा भ्रष्टचार बढिरहेको र माफियाहरु सलबलाईरहेको छ।’

एमाले र माओवादी एकता भएकोमा आफू खुशी हुने यादवले बताए।सरकारमा कहिले जाने र कसरी जाने लगायतका सम्पूर्ण प्रश्नको उत्तर आफूलाई थाहाँ नभएको र वालुवाटारमा सोध्नुपर्ने यादवको भनाई छ।

हेर्नुहोस् यादव सँगको कुराकानी

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: