Todays Nepal
No1 Nepal's Complete News Sites

रेशम चौधरी अपराधी हुन्,अदालतले न्याय गर्ने विश्वास छ : एआईजी नेपाल

9,012

नेपाल प्रहरीले प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी अपराधी भएको बताएको छ । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक तथा प्रदेश नं ७ का प्रहरी प्रमुख माधव प्रसाद नेपालले चौधरी अपराधी नै भएको बताउनु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङको हाता भित्र निर्मित महिला तथा बालबालिकाका सेवा केन्द्रको भवन उदद्याटनका लागी बझाङ पुग्नु भएका अतिरिक्त प्रहरी महानिरिक्षक नेपालले चौधरीकै नेतृत्वमा टिकापुर नरसंहार भएकाले उनी अपराधी भएको बताउनु भयो । उनी लगायत घटनामा संलग्नहरुलाई हदै सम्मको सजायको माग गर्दै प्रहरीले अदालतमा मुद्धा दायर गरेको बताउँदै अदालतबाट उनलाई कारबाही हुने अपेक्षा गरिएको उहाँको भनाई छ ।

समाजमा अपराध गर्ने कुनै पनि व्यक्तिले उन्मुक्ती पाउनु हुन्न भन्ने मान्यतामा प्रहरी दृढ रहेको बताउँदै उहाँले प्रहरी टिकापुर घटनामा प्रहरीले लामो अनुसन्धान गरेर पेश गरेका प्रमाणको आधारमा अदालतले फैसला गर्ने बताउनुभयो । २०७३ साल भदौमा कैलालीको टिकापुरमा भएको घटनामा डिआइजी सहित ७ जना प्रहरी र एक नाबालकको हत्या गरिएको थियो ।-कान्तिपुरबाट

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: