Todays Nepal
No1 Nepal's Complete News Sites

किन बढ्दैछ राजतन्त्र प्रतिको जनलहर ?

9,485

नेपाली कांग्रेसका संस्थापक नेताहरु मध्येका एक स्व.बिशेस्वर प्रसाद कोईरालाले कम्युनिस्टहरुको संगत गर्नु हुँदैन भनेर भनेका थिए । नाताकै कुरा गर्नेहो भने नेपाल कम्युनिस्ट पार्टी एमालेका स्व.नेता मनमोहन अधिकारि र स्व.बि.पी को बीच पारिवारिक साईनो समेत थियो तर पनि स्व.बि.पीले बाचुन्जेल कम्युनिस्टहरुको संगत गरेनन ।

२००७ सालमा नेपालमा प्रथम पटक प्रजातन्त्रको स्थापना भयो । २००७ साल देखि २०१७ सालको बिचमा विभिन्न राजनीतिक उतार चढाव समेत आयो । २०१५ सालमा नेपाली कांग्रेस पार्टीले संसदीय चुनाव जितेर सरकार पनि बनायो तर कांग्रेसको सरकार ‘देस र जनता प्रति बफादार भएन’ भन्ने आरोप लगाउंदै निर्वाचित जनसरकारलाई २०१७ साल पौष १ गते स्व.महेन्द्रले प्रतिबन्धित गरि देसमा निर्दलीय पंचायती शासनको जग बसाली दिएका थिए ।tmp_6655-monobaaadCapture136835533

प्रजातन्त्रको बर्खास्ती पछी धेरै कांग्रेसी नेताहरु जेल परे । पक्राउ पर्ने डरले कयौं नेताहरु पलायन भएर भारत तर्फ लागे । जेलबाट छुटे पछी कांग्रेसका सबै ठुला नेताहरु भारततर्फ निर्वासित गय । पंचायती ब्यबस्था हटाउनको लागि भारतमै बसेर योजना बनाए तर कुनै पनि योजनाहरु सफल भएन ।

प्रजातन्त्रलाई प्रतिबन्धमा पार्ने राजा संग बदलाको भावना लिनु पर्नेमा कांग्रेसी नेता स्व.बि.पी ले त्यस्तो बिचार कहिले पनि राखेनन । राजा संग मिलेर जानु पर्छ भन्ने भावना बोकेका स्व.बि.ले राजा माथी आक्रमण भएको खण्डमा ‘राजाको गर्धन मुनि मेरो गर्धन माथि’ भनेर भनेका थिए भन्ने कथन छ । २०१७ साल पछी स्व.बि.पिले आफु बाचुन्जेल देसमा प्रजातन्त्रको लडाई लडे तर आफ्नो जीवनकालमा प्रजातन्त्र पुनर्स्थापना भएको भने देख्न पाएनन ।

समाजवादमा आस्था राख्ने नेपाली कांग्रेस पार्टी एक्लैले प्रजातन्त्रको लडाई लडन सक्दैन भन्ने महसुस भएर हो वा बिदेसीको ईसारामा हो २०४५ सालमा नेपालमा भिषण आन्दोलन भयो । कम्युनिज्ममा बिस्वास गर्ने कम्युनिस्ट पार्टी र समाजबादमा बिस्वास राख्ने कांग्रेस पार्टीको संयुक्त आन्दोलनले गर्दा २०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातन्त्रको स्थापना भयो । छोटो समयमै अंतरिम सरकारले संबिधान बनाएर लागु पनि गरायो । २०४७ सालको संबिधानमा राजा देखि रंक सबै अटाएका थिए ।

२०४६ साल भन्दा अगाडी सम्म नेपालमा बिदेसिहरुले खुल्लमखुल्ला हस्तक्षेप गर्न पाएका थिएनन । २०४६ साल पछी नेपालमा बिदेसी हस्तक्षेप बढ्दै गएर २०६४ सालमा सदियौ पुरानो राजतन्त्र फाल्न समेत बिदेसिहरु सफल भए । बिदेसिको कुत्सित योजनामा साथ दिने कांग्रेस तथा कम्युनिस्टका दिग्गज नेताहरु थिए भन्ने कुरा घाम जस्तै छर्लंग भई सकेको छ । बिदेसिको खुल्ला हस्तक्षेप नभएको भए नेपालमा आजको मिति सम्ममा २०४७ सालकै संबिधान लागु हुन्थ्यो । कम्युनिस्टहरुले धर्म मान्दैन भने राजतन्त्रको घोर बिरोधि हुन तर कांग्रेस पार्टीका नेताहरुले आफ्नो जन्मदाताको ब्रम्हबाक्यलाई लात हानेको परिणाम हो नेपालमा गणतन्त्रको स्थापना ।

२०६४ सालमा ‘जनताको नासो जनतालाई बुझाएको छु’ भन्दै पदबाट हटन बाध्य बनाएका राजा ज्ञानेन्द्रको पछाडी मुस्किलले ४/५ सयको जनताहरु थिए । ४/५ सय भनेका आफ्ना नजिकका निजि परिवार देखि ईस्टमित्र भाई भारदार तथा समर्थकहरु भनेर बुझिन्छ ।

समयको बेग संगै राजधानीका जनताहरूले ताली ठोकेर ल्याएको गणतन्त्र प्रति बितृष्णा जाग्दै गयो । केहि बर्ष अगाडी राजा ज्ञानेन्द्रले मठ मन्दिरको दर्शन गर्ने बहानामा देसका प्राय सबै तिर्थस्थलको भ्रमण गरे । राजधानी बाहिरका जनताहरुले हिजो जस्तरी स्वागत गर्थे त्यस्तै गरि राजाको स्वागत गरेको परिदृश्य पनि देखिंदै छ ।

जनताको लहर कतापत्ति ढल्किदै छ भन्ने महसुस आजसम्म नेपालका नेताहरुले गरेका छैनन वा गर्न पनि चाहादैनन । यो भनेको नपरे सम्म चेत्दैन भन्ने नेपाली उखान लाई चरितार्थ पार्नु हो ।

कारबाहीमा परेका व्यक्तिलाई निलम्बन तथा बर्खास्ती गर्ने चलन छ । निलम्बनमा परेको रास्ट्र सेवक कर्मचारीको हकमा ६ महिनाको हदम्याद हुन्छ र ६ महिना भित्र फैसला नभएको खण्डमा स्वत: पदमा बहाल हुने प्रचलन छ ।

जबसम्म संबिधान बनेर त्यसले पूर्णता पाउदैन तबसम्म राजा ज्ञानेन्द्रको पद निलम्बितमा रहेको भनेर बुझ्नु पर्दछ । अहिले बनाईएको संबिधानमा राजतन्त्र हटाएर गणतन्त्र स्थापना भएको भनेर लेखियेता पनि आजको मिति सम्म बनिएको संविधानले पूर्णता पाएको छैन । त्यै भएर यो पंक्तिकारले लेख्ने गरेको लेख रचनामा ‘निलम्बित राजा ज्ञानेन्द्र’ भनेर सम्बोधन गर्ने गरेको हो ।

नेपालमा गणतन्त्र स्थापना गराउनुमा माओबादी पार्टीका नेता क.प्रचण्ड तथा तिनका कामरेड मित्र नेताहरुको ठुलो भूमिका छ । २०६४ सालमा गणतन्त्र घोषणा पश्चात राजतन्त्र फालेर गणतन्त्रको लागी ज्यु ज्यान अर्पेका नेता गणहरुले गुटबन्दी गर्दै आफ्नै नेतृत्वमा छुट्टै पार्टी गठन गरे । हिजोका ठुला पार्टी माओबादी अहिले छिन्नभिन्न भएर टुक्राटुक्रामा विभाजित भएको छ । यिनै कुराहरुलाई मध्यनजर राखेर क.प्रचण्डले गणतन्त्र संस्थागत हुन नसकेको खण्डमा देसमा पुन: राजतन्त्र फर्किन सक्छ भनेर चेतावनी दिन थालेका छन तर सत्ताको लागि मरिहत्ते गर्ने अन्य पार्टीका नेताहरु देखि आफु स्वयमले सत्तामा पुग्दा सबै कुरा बिर्सेर बिदेसिको ताबेदारिमा समय खर्चेको कुराको पनि हेक्का राख्नु पर्ने हैन ?

यसै हप्ता राजाको पदबाट निलम्बितमा परेका ज्ञानेन्द्रले पुर्वान्चल कोशीको सुनसरी जिल्ला भ्रमण गरे । मठ मन्दिर तथा शक्ति पीठमा पुजा अर्चना गर्ने भन्ने भनाई भएता पनि भ्रमणको मुख्य उद्धेश्य अहिलेको जन चाहना बुझ्नु थियो ।

केहि महिना अगाडी आफ्नो फाइदाको लागी कांच जस्तै टुक्राटुक्रा भएर फुटेका सबै मदेसबादी शक्तिहरु एक भएर लामै समय आन्दोलन गरे । आन्दोलन सफल असफलको नतिजा जनताले गर्ने हो । आन्दोलन सफल भएको भए मदेसको आन्दोलन छोडेर राजधानीमा आन्दोलन गर्न पक्कै पनि जादैन थिए ।

आन्दोलनको समयमा मदेसी मोर्चाले होस् वा अहिलेको अन्य पार्टीहरुले बटुल्न नसकेको भिड नि.राजा ज्ञानेन्द्रको मठ मन्दिरको दर्शन कार्यक्रममा देखियो र देखिदैछ । राजधानी काठमान्डौमा गणतन्त्र जिन्दाबाद भन्ने केहि समय अगाडिको नारा अहिले मोफसलमा ‘हाम्रो राजा हाम्रो देस प्राण भन्दा प्यारो छ’ भनेर गुन्जिदैछ । राजाको तस्बिर र राजतन्त्र प्रति आस्था राख्नेहरु उर्लेको भिड भएको तस्बिर सहितको समाचारहरुले रास्ट्रिय पत्रिकाहरुमा स्थान पाउन थालेको देखियो । पत्र पत्रिकाहरुले यस्ता नारा लाउनेहरुमा कांग्रेस देखि रा.प्र.पा नेपाल समर्थक जनताहरु थिए भनेर लेखेका छन ।

समाजवादमा आस्था राख्ने सक्कली कांग्रेसीहरुले कहिले पनि राजतन्त्रको बिरुद्धमा नारा लाउदैनन भन्ने यो जस्तो ठुलो प्रमाण अरु के हुन्छ भने रा.प्र.पा नेपालको मूल नारानै राजतन्त्र र हिन्दु धर्मको स्थापना हो । गणतन्त्र स्थापना गराउने नेताहरुले देस र जनताको हितमा राम्रा काम गरेको भए राजतन्त्रको समर्थनमा गणतन्त्रबादी नेताहरुले यस्ता अलोकप्रिय नारा पक्कै पनि सुन्नु पर्दैन थियो होला ।

हिजो दर्बार छोड्ने बेलामा देखिएको ५०० को संख्या आज हजार बाट लाखमा वृद्धि हुदैछ । यहि लाख संख्याको नारा राजधानी काठमान्डौमा गुन्जायमान हुन थाल्यो भने भने गणतन्त्रको हालत के होला ? जनताको चाहनालाई मान्दैनौ भन्ने हिम्मत शासकहरुले गर्न सक्दैन भन्ने कुराको दरिलो प्रमाण २००७ देखि २०४५ सालमै देखि सकेका छन । सत्ता र भत्ताको लोभमा यस्तै अलोकप्रिय काम कार्यहरु हुँदै गयो भने २०४७ हैन २०१७ साल फर्काउनु पर्छ भनेर भन्न के बेर ?

जनकमान डंगोल

1 Comment
  1. Dirgha Raj Prasai says

    हिमवतखण्डका थुप्रै हिन्द्यु राज्यहरुलाई एकीकरण गरेर पृथ्वीनारायण शाहको नेतृत्वमा स्थापित विश्वको एक मात्र हिन्दुअधिराज्यलाई भारत लगायत संसारका हिन्दुहरुको ठूलो आस्था छ । नेपाल अधिराज्य बाहुन, क्षेत्री, ठकुरी, मगर, गुरुड, तामाड, दमाई, कामी, सार्की आदि र पछि लिम्बु, राई, मैथिली, भोजपुरी, थारु, राजबंसी वासी जाति–जनजाति, तथा मुसलमान आदिको सहयोगबाट सिर्जना भएको राष्ट्र हो । नेपाल अधिराज्यको एकीकरण भएका बेलादेखि नेपाल राजासंस्थाको संरक्षणमा बाँचेको राष्ट्र हो ।

    २०७२ साल असोज ३ गते पश्चिमाहरुको दबाबमा धर्मनिरपेक्ष घोषणा भएको संविधान कुनै हालतमा पनि लागु हुन सक्तैन । यो संविधानको ५ प्रति इसाईहरुका प्रियपात्र, तत्कालीन सभामुख सुवास नेम्वाडले बाइबलको आकार र रड का ५ नमुनाहरु संसद सचिवालयमा राखेका छन् यसबाट थाहा हुन्छ–नेपालमा इसाईकरणमा फसाउन षडयन्त्र ।

    अत: नेपालको राष्ट्रियतालाई एकताको सुत्रमा वाध्न सक्ने विकल्प शक्तिको रुपमा प्रमाणित गरिसकेको राजसंस्था र तराई, पहाड र हिमालय क्षेत्रलाई एकतावद्ध गर्नस्क्ने हिन्दु अधिराज्य यथावत कायम भएपछि निर्वाचित संसदको निर्णयबाट देशलाई कार्यान्वयन् गरेर नेपाल र नेपालीहरुको शिर संसार भरमा उच्च रहिरहनु पर्छ ।
    -दीर्घराज प्रसाई

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: