Todays Nepal
No1 Nepal's Complete News Sites

साईप्रसमा बच्चा जन्माएर मारेरे प्लास्टिकमा पोकोपारी फाल्ने नेपाली युवती पक्राउ

9,116

वैदेशिक रोजगारीको लागि साईप्रस पुगेकी २६ वर्षिया नेपाली युवती आफ्नो नवजात शिशुलाई मारेको आरोपमा पक्राउ परेकी छन् ! बच्चा पाईसके पछी पेट दुखेर जचाउन जाँदा डाक्टरले भर्खरै सुत्केरी भएको चाल पाई, बच्चाको बारेमा सोधखोज गर्दा स्पष्ट जवाफ पाउन नसकेपछि डाक्टरले प्रहरीलाई खबर गरेको बुझिएको छ !

पछी प्रहरीले उनि काम गर्ने घरमा छापा मार्दा प्लाष्टिकमा पोको पारेर फालिएको शिशुको शव फेला पारेको थियो ! बच्चा जन्मेपछि मारेर फालिएको हो वा गर्भपतन गरेर फालिएको हो भन्ने कुरा भोलि मंगलबार मात्र थाहा हुने साईप्रसका संचारमाध्यमले जनाएका छन् !
हाल ति नेपाली महिलाको स्थानीय अस्पतालमा उपचार भईरहेको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ! मलेशिया, खाडी र साईप्रस लगायतको मुलुकमा रोजगारीमा पुग्ने नेपाली युवतीको संख्या बढे संगै यस किसिमका विकृतीहरु ह्वात्तै बढेको पाईएको छ !

क्षणिक मनोरंजनका क्रममा सावधानी नअपनाउँदा विदेशमै गर्भवती भएर स्वदेश फर्कने महिलाको संख्या दिनानुदिन बढ्दो छ भने गर्भवती भएपछी आत्महत्या गर्ने, गैह्रकानुनी गर्भपतन गराउने र यसै गरी बच्चा जन्माएर हत्या गरेर फाल्ने प्रवृती पनि बढ्दै गईरहेको छ !
विशेष गरी वैदेशिक रोजगारीका क्रममा साईप्रस पुगेका नेपाली युवतीहरु भारतीय, बंगाली, पाकिस्तानी युवकहरु संग सम्बन्ध जोड्न पुग्ने र ति देशका युवाहरु आफ्नो स्वार्थ पुरा भएपछी आफ्नै बाटो लाग्ने अनि नेपाली युवती गर्भवती भएपछी यस किसिमको जघन्य अपराधमा फस्ने गरेको पाईएको छ !

अब समरको मौसम सुरु भए संगै साईप्रसको समुन्द्रको किनारमा नेपाली युवतीहरुको बंगाली र पाकिस्तानीहरु संगको चर्तिकला अझ धेरै देख्न पाईने साईप्रसमै विगत ४ वर्ष देखि कार्यरत हेटौडा कि एक महिलाले नाम नबताउने सर्तमा भन्नुभयो !

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: