Todays Nepal
No1 Nepal's Complete News Sites

संसारका सबैभन्दा शक्तिशाली व्यक्तिकी गोप्य पत्नी, उमेरमा छन् ३० वर्ष कान्छी

9,044

संसारका सबैभन्दा शक्तिशाली व्यक्ति मानिने भ्लादिमिर पुटिन चौथो पटक रुसका राष्टपति बनेका छन् । उनी संसारभर आफ्नो कडा व्यवहार र फिटनेसका कारण जति चर्चित छन् उत्तिकै उनको व्यक्तिगत जीवनको बारेमा धेरैलाई निकै कम जानकारी छ । उनी आफ्नो व्यक्तिगत जीवनलाई मिडियाबाट टाढा राख्छन् ।

उनको श्रीमतीसँग सम्बनधविच्छेद भइसकेको छ तर कैयौं महिलाहरुसँग उनको सम्बन्धको चर्चा चलिरहन्छ । यसमा सबैभन्दा बढी चर्चित छिन् एलिना काबाएवा । ३५ वर्षकी एलिना ओलम्पिकमा स्वर्ण पदक जितेकी खेलाडी पनि हुन् । मिडिया रिपोर्टका अनुसार पुटिन र एलिनाको सम्बन्ध २००८ मा सुरु भएको थियो ।
पुटिन एलिनाको खबर पहिलोपटक २००८ मा मस्कोको समाचारपत्रमा छापिएको छ । यो पत्रिका मिडिया टाइकुन र रुसका जासुस अलेक्जेन्डर लेबेदेवको हो ।

२०१४ मा पुटिनले आफ्नी पत्नी ल्युडमिलासँग सम्बन्धविच्छेद गरेपछि उनको एलिनासँगको सम्बन्धले चर्चा पाएको थियो । कैयौं कार्यक्रमहरुमा यी दुई सँगै भएका फोटोहरु पनि सार्वजनिक भएका छन् । तर सबै ठाउँमा दुवै फरक फरक भूमिकामा देखिएका थिए । २०१५ मा एलिनाको हातमा ‘वेडिङ रिङ’ देखिएपछि भने पुटिनले उनीसँग बिहे गरेको चर्चा चल्यो ।

यसपछि २०१५ मै पुटिन फेरि पिता बन्न लागेको चर्चा पनि चल्यो । दोस्रो विश्वयुद्धको ७० औं वार्षिकीमा एलिना एक कार्यक्रममा अतिथिको रुपमा पुग्दा उनको शरीर भारी देखिएको थियो । उनले रातो रंगको निकै खुल्ला कपडा लगाएकी थिइन् । यस्तो देख्दा एलिना गर्भवती भएको चर्चा चलेको थियो । २०१५ मो मार्चमा एलिनाले स्विटजरल्याण्डको टिसिनोमा एक भीआइपी अस्पतालमा बच्चा जन्माइन् । यसै वर्ष डेलीमेलको अनलाइनले ‘के एलिनाले पुटिनको बच्चा जन्माएकी हुन् ?’ भनेर लेखेको थियो । यद्यपि पुटिन, एलिना वा उनको परिवारले यस विषयमा कुनै जवाफ दिएनन् । पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले भने पुटिन पिता बनेको खबर गलत भएको बताएका थिए ।

३५ वर्षकी एलिना रुसकी रिटाएर्ड जिम्नास्ट हुन् । तीन वर्षको उमेरदेखि उनले जिम्नास्टिकको प्रशिक्षण लिएकी थिइन् । २००४ मा ग्रीसको एथेन्समा भएको ओलम्पिकमा उनले जिम्नाटिकमा स्वर्ण पदक पनि जितेकी थिइन् । यसका अलावा उनले दुई विश्व च्याम्पियनशिपमा ८ स्वर्णपदक जितेकी छिन् । उनी रुसको भोग म्यागजिनको कभरमा पनि देखिइसकेकी छिन् । उनले गायनमा पनि करिअर बनाउने प्रयास गरेकी थिइन् । उनले केही समय रुसको राजनीतिमा पनि भाग्य परीक्षण गरिन् । एलिना २००७ देखि २०१४ सम्म संसद सदस्य रहिन् ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: