Todays Nepal
No1 Nepal's Complete News Sites

सबै सुरक्षा घेरा पार गरेर ग्यालेक्सी अपार्टमेन्ट पुगिन् सलमानकी ‘श्रीमती’!

9,375

बलिउड चर्चित अभिनेता सलमान खान बलिउड फिल्म उद्योगका सदावहार नायक हुन्। उनको विवाह उनका फ्यान जो कोहीलाई पनि गम्भीर विषय लाग्छ। तर, केही दिन अगाडि विवाहसँग सम्बन्धित यस्तो घटना भयो जस कारण सलमानका परिवारका सदस्य हैरान भए।

भयो के भने आफूलाई सलमानकी ‘श्रीमती’ सिधै सलमान बस्ने ग्यालेक्सी अपार्टमेन्ट पुगिन्। उनलाई सुरक्षाकर्मीले रोक्ने निकै कोसिस गरे। तर, सकेनन्। यी युवती सलमान खानकी खास फ्यान थिइन्।

‘सुल्तान’ का लागि उनको प्यार यतिधेरै थियो कि उनी सलमानलाई आफ्नो श्रीमान भन्दै थिइन्।

सुरक्षाकर्मीले उनलाई रोक्ने धेरै कोसिस त गरे तर, उनको हातमा धारिलो हतियार थियो। आफूलाई सलमानसँग भेट्न नदिए आत्महत्या गर्ने धम्की दिएपछि सुरक्षाकर्मीपछि हटेका थिए।

बाहिर ठूलो हंगामा भइरहेको थियो, भित्र सलमानलाई थाहै थिएन। किनभने त्यो बेला सलमान घरमा थिएनन्। उनी आफ्नो फिल्म रेस–३ को शुटिङकालागि आबु धाबीमा थिए।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: