Todays Nepal
No1 Nepal's Complete News Sites

यस्तो एयरलाइन्स, जहाँ एयर होस्टेसले लगाउछन् बिकिनी !

9,047

एक भियतनामी एयरलाइन्स, जो एयरहोस्टेसको उच्छृंखल कपडाका कारण विवादमा आइरहन्छ । यो एयरलाइन्सलाई मानिसहरूले बिकिनी एयरलाइन्सका नामले चिन्ने गरेका छन् । एयरलाइन्सका एयरहोस्टेसले उडानको समयमा बिकिनी लगाउँछन् ।

एयरलाइन्सका अधिकांश एयरहोस्टेस मोडलिङ पेसासँग जोडिएका छन्, र फेशन शो मा समेत सहभागी हुन्छन् । क्यालेन्डर गर्लकारूपमा समेत उनीहरूको माग उच्च छ ।

सिएन ट्राभलरमा छापिएको खबर अनुसार कम्पनीका फाउन्डर थाओले जब एयरलाइन्स सुरू गर्ने सोच बनाए, तब उनको मनमा बिकिनीको आइडिया आयो ।

यो आइडिया यति सफल भएको की केही समयमै कम्पनीको कारोबार १८० करोडसम्म पुग्यो । एयरलाइन्स कम्पनीले पुरै एशियाका ४७ शहरमा उडान भर्दै आएको छ । भियतजेट एयरलाइन्स आफ्ना एयरहोस्टेसलाई लिएर जति चर्चित छ, उती नै विवादीत पनि । हालै इन्डोनेशियाले उक्त एयरलाइन्सले आफ्नो देशमा उडान भर्दा एयरहोस्टेसले पुरै कपडा लगाउनुपर्ने बताएको छ ।

बिकिनी आइडियाले अरबपति

एयरलाइन्स कम्पनीहरूले ग्राहकलाई आकर्षित गर्न नयाँ योजना ल्याइहन्छन् । यही क्रममा भियतजेटले केही नयाँ गर्न खोज्यो । कम्पनीका फाउण्डर थाओले एयर होस्टेसलाई रातो र पहेँलो रंगको बिकिनी लगाउन लगाएर विज्ञापन गरे । विमानका एयर होस्टेसले मोडल बनाएर बिकिनी शो समेत गराइयो । यही कारण यो एयरलाइन्स एकाएक चर्चित बन्न पुग्यो । भियतनामका अन्य एयरलाइन्सलाई उछिन्दै उक्त एयरलाइन्सले आफ्नो बजार हिस्सा ४० प्रतिशत पुराउन सफल भयो ।

थाओले सन् १९८८ ताका मस्कोमा ट्रेड डिस्ट्रीब्यूटरको काम गरेका थिए । थाओे शुरूवातमा जापान, हङकङ र साउथ कोरिया जस्ता मुलुकबाट उधारोमा कपडा, अफिसका समान र कन्ज्युमर डुड्स लगेर रूसमा बेच्थे । केही कमाउन सफल भए । उनी भियतनाम फर्किएर एक बैंकमा लगानी गरे । त्यसपछि उनले लो कस्टवाला प्राइभेट एयरलाइन्स कम्पनी खोले र चाँडै ग्रोथ गरेर देशको सबैभन्दा बजार हिस्सा भएको एयरलाइन्स कम्पनी बनाए ।

ब्लुमर्गमा छापिएको एक अन्तरवार्ताका अनुसार थाओले कहिलै पनि आफुले सम्पतीको हिसाब नगरेको बताएका छन् । आफुले सँधै कम्पनीको ग्रोथमा ध्यान दिएको उनको भनाई छ । उनले आफ्ना कर्मचारीको तलब कसरी बढाउने र एयरलाइन्सलाई कसरी अघि बढाउने र नम्बर वान बनाउने भन्नेमा मात्रै आफु केन्द्रित भएको बताएका छन् । एजेन्सीको सहयोगमा

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: