श्रीदेवीकी छोरी जाह्नवीले अल्पायुमा नै जयन गुमाएकी आफ्नी आमा श्रीदेवीकोअधुरै रहेको उनको एउटा ‘प्रोजेक्ट’ अब माधुरी दीक्षितले पूरा गर्ने बताएकी छिन् । अल्पायुमानै भएको मृत्युका कारण निर्देशक अभिषेक बर्मनको फिल्म ‘शिद्दत’ श्रीदेवीले साइन गरेर छाडेपनि यो अधुरो सपना माधुरीले पूरा गर्ने जान्ह्वीले बताइन् ।
श्रीदेवीकी छोरी जाह्नवीले माधुरीलाई आभार व्यक्त गर्दै यो कुराको पुष्टि गरेपछि भारतीय समाचार संस्थाहरुले श्रीदेवीको सपना माधुरीले पूरा गर्ने भन्दै वशेष प्राथमिकताका साथ समाचार छापेका छन् ।
जाह्नवीले फोटो पोस्ट गर्दै भनेकी छिन् ‘अभिषेक बर्मनको अर्को फिल्मका आमाको मनको निकै नजिक थियो । मेरो, पापा र खुसीको तर्फबाट यहाँलाई आभार कि यो फिल्मको एक हिस्सा बन्नुभएको छ ।’
माधुरी पछिल्लो पटक २०१४ मा फिल्म ‘गुलाल’मा देखिएकी थिइन् । उनी छिट्टै ‘धमाल’को सिक्वेलमा देखिँदैछिन् । यो फिल्म रिलिज भएपछि उनी ‘शिद्दत’मा काम गर्नेछिन् । २४ फेब्रुअरीका दिन अचानक उनको मृत्यु भएपछि यो प्रोजेक्ट अधुरै रहेको थियो ।