Todays Nepal
No1 Nepal's Complete News Sites

कोरियन कम्पनीहरु नेपालमा नै खुल्ने ! अब नेपाली युवा कोरिया जानू नपर्ने

9,061

नेपालीहरु रोजगारीको लागि दक्षिण कोरिया जान मरिहत्ते गरिरहेका बेला कोरियन कम्पनी एसवाई ग्रुपले ६५ करोड रुपैयाको लगानीमा चितवन रत्नगर टाडीमा भवन निर्माण सामग्री उत्पादन गर्ने कम्पनि खुल्ने क्रममा रहेको छ। यस कम्पनीले स्यान्डविच प्यानल, छाना, स्टिल ढोका र यूपीभीसी झ्याल लगायतका सामग्री उत्पादन गर्नेछ ।

अहिले कम्पनी निर्माणको काम तिब्र गतिमा भईरहेको छ । कन्ट्रक्सनको ७० प्रतिशत काम पनि सकिएको नेपाल प्रशासन प्रमुख देवेन्द्र सम्बाहाम्फेले जानकारी दिए । यो संगै अब धेरै युवाहरुले स्वेश्मा नै रोजगारी पाउने देखिन्छ ।

चाडै कम्पनीको निर्माण कार्य सकिएर उत्पादन थाल्ने लक्ष्य लिएको पनि उनले बताए । उक्त ग्रुपले प्रिफ्याबबाट बनाएको दुई तले घर महाराजगञ्जमा नमूना घरको रुपमा राखेको छ । नेपाल भूकम्पको उच्च जोखिम रहेको देशहरुमा गनिन्छ । प्रिफ्याब प्रविधिबाट बनाईएको भवन भुकम्पप्रतिरोधी , सस्तो, र सुरक्षित हुने सम्बाहाम्फेले दावी गरे ।

कम्पनी संचालमा आए संगै धेरै नेपालीहरु रोजगारीको अवसर प्राप्त गर्ने छन्, साथै अब आउने दिनहरुमा त्यस्तै कोरियाले अरु नया कम्पनिहरु पनि सचालन गर्ने बताइको छ र नेपालमा नै प्रशान्त रोजगारीको अवसरहरु सृजना हुने छन् ।

सभामुख महरालाई उत्तर कोरिया भ्रमणको निम्तो काठमाडौं– सभामुख कृष्णबहादुर महरा र नेपालका लागि उत्तर कोरियाका राजदूत चोई ताई पोकबीच भेटवार्ता भएको छ। आइतबार सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत पोकले महरालाई सभामुख पदमा निर्वाचित भएकोमा बधाई दिँदै उत्तर कोरियाको सुप्रिम एसेम्बलीका अध्यक्षको पनि बधाई सन्देश सुनाएका थिए।

साथै उनले शान्तिका लागि उत्तरकोरियाले स्वतन्त्रता र अधिकारको ग्यारेन्टीसहित बाह्य हस्तक्षेपबीच दुई कोरियाको एकीकरण चाहेको बताए।

उनीहरुबीच नेपाल र उत्तर कोरियाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने सम्बन्धमा छलफल भएको उपसचिव हरिहर पोखरेलले जानकारी दिएका छन्।त्यसअवसरमा राजदूत पोकले निर्वाचनपछि मुलुकले स्थायित्व हासिल गर्दै विकास निर्माणमा जुट्न आग्रह समेत गरे।

सभामुख महराले नेपाल र उत्तर कोरियाबीच लामो समयदेखि प्रगाढ सम्वन्ध रहेको जानकारी गराउँदै दुई देशको संसदबीच मैत्रीपूर्ण समूह स्थापना गर्ने र संसदीय भ्रमण आदान प्रदान गरी अबका दिनमा संसदीय सम्बन्ध झनै प्रगाढ गराउनुपर्ने प्रस्ताव राखे।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: