Todays Nepal
No1 Nepal's Complete News Sites

ओली र मेरोबीच झगडा पार्न सामाजिक सञ्जालमा बिर्सिसकेको कुराहरु भाइरल हुँदैछ : प्रचण्ड

8,800

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली र आफूबीचमा फाटो ल्याउन पश्चगामी शक्ति र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले चलखेल गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेपछि आयोजित चियापान कार्यक्रममा प्रचण्ड भने, ‘अहिले सामाजिक सञ्जालमा केपी ओलीजी र मेरोबीचमा झगडा गर्नकै लागि मात्रै सामाजिक सञ्जालमा बिर्सिसकेको कुराहरु भाइरल बनाइएको छ ।’ उनले ति भाईरल बनाइएका चिजहरु नियोजित उद्देश्यका लागि कुनै शक्तिकेन्द्रको डिजाइनमा भइरहेको समेत आरोप लगाउँदै दुवै पार्टीका नेता कार्यकर्ताहरुलाई सचेत हुन आग्रह गरेका छन् ।

‘हिजो हामी १० वर्ष अगाडि कता जाँदैछौं भनेर धुवाधार व्याख्या गरिँदैछ । किन यसो गरिदैछ ?’ प्रचण्डले अगाडि भने, ‘राष्ट्रको एकता र जनताको समृद्धिको लागि हामी काम गरिरहेका छौं । कुन शक्तिले यो प्रचार गरिरहेको छ ? यहाँहरुले ध्यान जानु जरुरी छ ।’

प्रदेशसभा, प्रतिनिधिसभाका सांसद, मुख्यमन्त्रीहरु सहभागी भएको कार्यक्रममा प्रचण्डले भने ‘ठूलो आन्दोलनपछि पश्चगामी शक्तिले कही न कहीबाट सेबोटेज गर्न खोज्दछ, अहिले त्यही भइरहेको छ । जनताबाट बहिस्कृत शक्तिले एक पटक अन्तिम प्रयास गर्ने संकेत देखिएको छ । सबै प्रकारको दुष्प्रचारको खण्डन गर्न आवश्यक छ । एकताबद्ध बनाएरु अगाडि लैजाने हाम्रो धर्म हो । फुटाउने र शासन गर्ने उनीहरुको धर्म हो ।’ अध्यक्ष प्रचण्डले सबै एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन् । अध्यक्ष प्रचण्डले एमाले–माओवादी केन्द्रका करिब साढे दुई सय भन्दा बढि संघीय सांसद, साढे चार सय हाराहारीमा प्रादेशिक सांसद, मन्त्री तथा मुख्यमन्त्रीहरु सहभागी भएको कार्यक्रममा निकै भावुक हुँदै भने, ‘युद्धमा अनुभूति गरेको भूकम्पको रेक्टरस्केल भन्दा शान्ति प्रक्रियामा आउँदाका ठूला ठूला रेक्टर स्केलको भूकम्प गएको अनुभूति भएको छ ।’ प्रचण्डले नेपालमा निर्माण भएको सरकारविरुद्धमा चारै कुनाबाट चलखेल र षडयन्त्र भइरहेको उल्लेख गर्दै भने, ‘उत्तेजित हुनेछैनौं, हामी बरु तिखो आँखाले हेर्नेछौं । हामी आखा बन्द गर्ने छैनौं, हामी कान खुला गरेर सुन्दैछौं कुन कुन कुनाबाट के के गर्न खोजिदैछ ? हामी हेर्नेछौं र त्यसका विरुद्धमा सुझबुझपूर्ण प्रतिवाद गर्नेछौं ।’-दृष्टि न्युजबाट

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: