Todays Nepal
No1 Nepal's Complete News Sites

यस्ता चीजहरू प्रयाेग गर्नुहाेस्, चम्काउनेछ तपाईको भाग्य !

9,104

धर्ममा आस्था राख्नेका लागि ईश्वर सर्वशक्तिमान हुन् । ग्रह–नक्षत्र तथा देवी–देवता सबै ईश्वरको अधिनमा हुन्छन् । ईश्वर पछि प्रकृति महत्वपूर्ण हुन्छ ।

जसप्रकार प्रकृतिले रोग, शोक या अन्य घटना, दुर्घटना सिर्जना गरेको हुन्छ, त्यस्तै प्रकारले त्यस्ता रोग, शोक या घटना दुर्घटनाबाट बच्ने उपाय पनि दिएको हुन्छ ।

प्रकृतिमै ती सबै उपाय छन्, जसबाट तपाईले आफ्नो सकरात्मक उर्जा विकास गरेर भाग्यलाई जागृत गर्न सक्नुहुन्छ । भाग्यमा समय र स्थानको पनि धेरै महत्व हुन्छ ।

गलत स्थान रहनाले अथवा जानाले पनि दुर्भाग्य हुन आउँछ । त्यसोत भाग्यमा कर्मको पनि योगदान हुन्छ । गलत काम गरे भाग्य खुल्दैन ।

यो आलेखमा यस्तै विषय उल्लेख गरिएको छ, जसलाई अपनाएर तपाईले आफ्नो भाग्य जागृत गर्न सक्नुहुनेछ ।

घरलाई भाग्यवर्धक बनाउनुहोस्

– वास्तु अनुसार घरको ढोका उत्तर, पश्चिम अथवा पूर्व दिशामा राख्नुहोस् ।

– घरलाई सधैं सफा–सुग्घर राख्नुहोस् ।

– घरभित्र कुनै पनि अनावश्यक बस्तु नराख्नुहोस् ।

– घरमा धेरै देवी तथा देवताका मूर्ति तथा चित्र राख्ने काम नगर्नुहोस् ।

– घरको ईशान कोण सधैं खाली राख्नुहोस् । या त्यो ठाउँलाई पानी राख्ने स्थान बनाउनुहोस् ।

– ढोकाको माथि भगवान गणेशको मूर्ति र दायाँ–बायाँ स्वस्तिक चिह्नसँगै शुभ–लाख लेखेर राख्नुहोस् ।

– विहान र साँझ घरमा मधुर सुगन्ध र संगीतबाट वातावरणलाई राम्रो बनाउनुहोस् ।

– राति सुत्नुभन्दा अगाडि घ्यूमा तारिएको कपुर जलाउने गर्नुहोस् ।

– घरको आसपास नकारात्मक ऊर्जा वाला बोटविरुवा, वृक्ष छन् भने सावधान रहनुहोस् ।

– घरमा सजिलै हावा छिर्ने व्यवस्था मिलाउनुहोस् ।

– घरका तीनवटा ढोका एकैतर्फ फर्किएको बनाउनु राम्रो हुँदैन ।

भाग्यवर्धक वस्तुको प्रयोग गर्नुहोस्

– रुद्राक्ष

– शंख

– घन्टी (घण्टा)

– स्वस्तिक चिह्न

– ऊँ को लकेट

– कलश – गंगाजल

– डोरो (नाडीमा बाँध्ने धागो)

– कमलको फूल, तुलसी, रुद्राक्ष

भाग्यवर्धक बोट–विरुवा

– केरा

– तुलसी

– मनी प्लान्ट

– अनार

– पीपल–बर

– आँप

– जामफल

– कड़ी पत्ता

– चम्पा चमेली

भाग्यवर्धक पशु–पंक्षी

– गाई–गोरु

– गौंथली

– कुकुर

– घोड़ा

– भैसी

– हात्ती

– मयूर

– बाँदर

– गिलहरी

– कमिला

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: