Todays Nepal
No1 Nepal's Complete News Sites

कमरेडहरू हिटलर बनेर निस्किए !

9,014

फागुन १५ गते साँझ, त्यस्तै ९ बजे हुनुपर्छ । ‘ग्रीन टी’ पिउँदै एकजना गाउँले साथीसँग कुखुरापालनबारे कुराकानी गरिरहेको थिएँ म्यासेजिङ एप (इमो)मा । अर्को मोबाइलमा अचानक माओवादीका एकजना प्रभावशाली नेताको फोन आयो । ती नेताले धेरै कुरा खुलाए ।

‘जबज मानी सर्लक्कै समाहित भएर एमालेकरण हुने कुरा हामीलाई कहाँ मान्य हुन्छ ?’ उनले चर्को स्वरमा भने । ‘लिडरले भनेपछि हुन्छ, हुन्छ ! तपाईंले नमानेर के हुन्छ ? हिजो जनयुद्ध तपाईंलाई सोधेर गरिएको थियो र ? लिडरले जे भन्यो, त्यो मान्नु तपाईंको काम हो नि ! लिडरले चुपचाप बस, भविष्यमा यसो कतै व्यवस्थापन गरौँला भन्यो भने बडो नम्र तरिकाले हस्, हजुर जो मर्जी ! भन्नुहोस् । लिडरले सोचेर निर्णय गर्छ । तपाईंको विरोधले माखो मर्छ ?’ म झोक्किएँ ।

केही सीप नलागेर मनको तनाव मेटाउन मलाई फोन गर्नेहरू म अलग्गै चिन्छु । कुखुराको सपेटा र ‘ओल्ड दरबार’ ह्विस्की मिलेको दिन ती लामो समयसम्म गायब हुन्छन् ।

अक्सर पद चाहियो भने पेचिलो समयमा ती भयानक राँको बालेर पैदा हुन्छन् । वर्षात्को नदीले बगाएकी युवतीलाई उद्धार गर्न नेपाली कथानक चलचित्रमा हिरो झुल्किएजस्तै ती बडो क्रान्तिकारी भाष्यको लवजमा बोल्छन्, र भन्छन्, ‘त्यस्तो कहाँ हुन्छ ? हुँदै हुँदैन ।’

तिनले भने, ‘निशानी, लेखिदिनुपर्‍यो यार ।’

म लामो हाँसो हाँसें ।

‘अहिले माओवादीबारे लेख्ने विषय नै छैन, लेख्नका लागि एङ्गल चाहिने होला । शहीदको सपना, शहीद परिवारको पीडा र घाइतेको घाउ माओवादीको लागि एङ्गल हुन छाडेको वर्षौं भइसक्यो । अब त ती सब झुटो कथाजस्तो लाग्छन् । यी विषयमा छवि ओझाले चलचित्र बनाए हुन्थ्यो ।’

मैले आफ्नो समस्या सुनाएँ, “फेरि सुकिलामुकिला दाइहरूको यो खाल्डोमा लेख्न त्यति सजिलो छैन । लेखिएका चिजहरू छपाउन, प्रकाशन गर्न झन् सजिलो छैन । सबैभन्दा मुस्किल कुरा त पाठकहरूले माओवादीको कुरा पत्याउन सजिलो छैन ।’

ती गर्जिए, ‘एमाले हुन पनि त सजिलो छैन । जबज मानेर जाने कुरा त झन् सजिलो छैन । पार्टीलाई एमालेकरण गराउने कुरा सजिलो छैन । पद बाँडफाँटको कुरा सबैलाई समावेशी तरिकाले मिलाएर लैजाने कुरामा सजिलो छैन, के सजिलो छ ?’

यत्तिमै रोकिएनन्, अझै गर्जिए, ‘हेर्नुुस्, यहाँ टिकट बाँडफाँटलगायत राजनीतिक नियुक्तिहरू हिटलरी शैलीमा हुँदै आएका छन् । यहाँ करोडौँको चलखेलमा कामहरू सम्पन्न हुँदै आएका छन् । कसैलाई काखा, कसैलाई पाखा लगाउने काम हुँदै आएका छन् । अझ भनौँ भित्तामै पुर्‍याउने काम भएका छन् ।’

मैले बीचमै कुरा काटे जसरी जवाफ दिएँ, ‘कसैलाई भित्तामा पुर्‍याउने काम पनि त्यति सजिलो छैन ।’

तिनले आफ्नो गर्जनलाई बढवा दिँदै थपे, ‘हाम्रो कुरा नपत्याए कस्को कुरा पत्याउँछन् तिनले ? राजा फालेको हाम्ले हैन ? हाम्ले लडेर आएको गणतन्त्र हैन यो ? हाम्ले नयाँ संविधान बनाएको हैन ? अनि हाम्ले समावेशी, समानुपातिक, पहिचान र संघीयताजस्ता राजनीतिक उपलब्धिहरू हासिल गरेको हैन ? हाम्ले महिलाहरूलाई राजनीतिको मूलधारमा आउने अवस्था सिर्जना गरेको हैन ? जे भने पनि हुने यत्रो वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता हाम्ले दिलाएको हैन ?’

कमरेडलाई मैले भनेँ, ‘दिलाएको त हाम्ले नै हो । तर के गर्ने देश डा. गोविन्द केसी र रवि लामिछानेको पछाडि कुद्या छ । गोपाल पराजुली, चुडामणिको पछाडि पनि कुदीनै राख्या छ । आरजू देउवाले देश हल्लाएको अवगत छ कि छैन ? राजा फालेर के गर्ने ? रानी बाँकी रहेसम्म ? गणतन्त्र लिएर के गर्ने ? प्रजा बाँकी रहेसम्म ? फेरि भोलि बिहानै अखबारमा देशले संघीयता धान्न सक्दैन भन्ने पनि आउन सक्छ ।’

‘त्यसो भए पार्टी छाडेर जान्छु,’ तिनले भावावेशमा भने, ‘तपाईंको के सल्लाह छ, भन्नुस त ?’

‘जानुहोस्, को गएको छैन यो पार्टी छाडेर ? बाबुराम गएकै हुन्, बिप्लव गएकै हुन्, मोहन वैद्य र सीपी गजुरेल गएकै हुन् । साँच्चै भन्ने हो भने बादल, देव गुरुङ र पम्फा भुसाल पनि गएकै हुन् । जो जति गए मलाई सल्लाह मागेर गएका हैनन् । जाने र आउने क्रम चलिरहन्छ । म तपाईंलाई के सल्लाह दिउँ ? म आफैँ दुनियाँको विरोध गरेर बसेको छु । सबैलाई यसरी स्याटर हानेर कति साध्य होला थाहा छैन ।’

मैले थपेँ, साँच्चै भन्नुहुन्छ भने केही पनि मन परेको छैन मलाई । सब डामाडोल हुँदैछ, बेकार छ । बाहिर भन्न भएको छैन । दलाल, शोषक, समान्ती, अवसरवादीहरू उत्सव मनाइरहेका देखिन्छन्, मानौँ कि तिनले नयाँ जीवन पाएका हुन् । प्रहरीका हाकिमसंग दलालहरूले मासु लुछेर बसिरहेका छन् । न्यायपालिका नाटकझैँ भएको छ, त्यतातिर खुब रमाइलो छ ।’

नेटवर्कको समस्याले हुनुपर्छ ती नेतासंग मेरो फोन सम्पर्कविच्छेद भयो, र आजको मितिसम्म फेरि फोन सम्पर्क स्थापित भएको छैन । सायद हुँदैन पनि होला ।’

त्यसपछि मैले सामाजिक सञ्जालमा नजर डुलाएँ ।

फेसबुकमा अर्का नेता गोपाल किराँती कराउँदै रहेछन् । तिनको कथन थियो, ‘प्रचण्डले एक वचन पनि मेरा कुरा सुन्ने वातावरण निर्माण गर्नुभएन । धेरैपटक प्रयास गर्दा पनि प्रचण्डलाई भेट गरेर आफ्ना कुरा राख्न सकिनँ । लिखित, मौखित सुझावहरूको कुनै सुनुवाई हुन सकेन । हाम्रो भावनाहरूलाई समेट्ने कोशिस गरिएन । पहिचानको मुद्दामा बोल्छ भनेर आहुती र मलाई संसदको उमेदवार बनाइएन ।’

अन्ततः किराँती पनि पार्टी छाडेर जाने भए । उनले फेसबुकमा यस्तो लेखे, ‘महान जनयुद्ध र अमर शहिदहरूको अपमान गरी माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनीद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन समूह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु । र, माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्यदिशा एवं पहिचानको मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरूमा नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरी अघि बढ्न विशेष आह्वान गर्दछु ।’

यो पार्टी छाडेर धेरै गए, धेरै आए । अन्तिममा पार्टी नै एमालेमा जान थालेपछि यहाँ व्याक्तिको कुरा के प्रधान भयो र ? लोकेन्द्र विष्टको हैन, कुरा एमालेकै हुन्छ । अनि कुरा नयाँ हिटलरहरूको हुन्छ । जसले आफूहरूलाई सर्बेसर्बा ठन्छ । आफ्नो विचार नै अन्तिम सत्य हो भन्ठान्छ ।

हिजो पो युद्धमा किराँतीको महत्त्व थियो, पूर्वमा उनी आवश्यक थियो । अहिले के काम यिनको ? देश पूँजीवादको लाइन बोकेर जबजको बाटो हुँदै कहाँ पुगिसक्यो ? यिनको थोत्रा पहिचानको कुरा सुनेर को मक्ख हुन्छ र यार?
सन् १९३३ मा जर्मनीको सत्तामा आसिन एडोल्फ हिटलरले त्यहाँ एक जातिवादी साम्राज्य बनाएका थिए । त्यहाँ एकाध जाति समूहको नश्लीय मान्यताको विकास भइसकेको थियो । यहुदीका लागि हिटलरको यो घृणा होलोकाष्टको रूपमा सार्वजनिक भयो ।

यहुदीलाई समाप्त गर्ने शिलशिला पोल्यान्डमा खोलिएको असाविच कन्सन्ट्रेसन क्याम्पबाट शुरु भएको बताइन्छ । त्यस्तै नेपालमा सच्चा माओवादीहरूको पलायन गराइदिने र अभावको च्याम्बरमा धकेलिदिने अवसरवादी प्रयासहरू देखियो ।

हिटलरको विचारविरोधी सबैलाई वा धर्म, जाति, विचारधारा र शारीरिक कमजोरीको नाममा लाखौं मानिसलाई ग्यास च्याम्बरमा पठाइन्थ्यो । अनि यहुदी, राजनीतिक विरोधी, रोगी र समलिंगीहरूबाट जबर्जस्ती काम लिइन्थ्यो ।

वृद्धवृद्धा र रोगीलाई ग्यास च्याम्बरमार्फत् मृत्यु दिइन्थ्यो । इतिहासमा लेखिएअनुसार क्याम्पमा चार चिहान थिए, जहाँ हरेक दिन ४ हजार ७ सय शव जलाउन सकिन्थ्यो । जो ग्यास च्याम्बरबाट बच्थे, उनीहरूले काम गर्नुपथ्र्यो ।

माओवादीको च्याम्बर पनि कम्ता खतरा छैन । यसमा प्रचण्डको दोष छैन । विचारधारा नै प्रधान हो । विचारधारा हमेसा प्रचण्डले निर्माण गर्ने कुरा पनि होइन । आवश्यकताले प्रचण्डपथ जन्मायो, आवश्यकताले प्रचण्डपथको हत्या गर्‍यो । राजनीतिमा यो स्वभाविक छ ।

तर नेतृत्वको भन्दा फरक विचार, फरक धारणा र फरक दृष्टिकोण बोकेका नेताहरूलाई जसरी जबरजस्ती अभावको च्याम्बरमा धकेलिएको छ, भूमिकाविहीन च्याम्बरमा मिल्काइएको छ, त्यो गलत भइराखेको छ ।
जस्तो कि माओवादीमा रोल्पालीहरू मात्रै हावी भए भनेर लेख्दै गर्दा माओवादीको वंश नै विनाश गरियो । माओवादी, माओवादी रहेन । अचानक एमाले भयो । मेरो लेखन जीवनमा ‘स्टोरी किल’ गरेको त्यो पहिलो तर निकै हृदयविदारक घटना थियो ।

पार्टी एकता पक्का भइसकेछि लिडरको नीति मान्दै च्यालन बिग्रिन्छ र एकबारको जुनीमा आफू एक्लो बिरालोजस्तो म्वाउँ, म्याउँ गर्ने भइन्छ भनेर कयौँ लिडरहरू अहिले ठूलो मौनधारणमा उभिएका छन् ।
कृष्णबहादुर महरा र वर्षमानलाई खुब हानिएको त्यो लेखमा । तर अचानक वामदेव गौतमले ‘मेरा मित्र प्रचण्ड र माओवादीको सम्पूर्ण जिम्मेवारी म लिन्छु’ भनेर सार्वजानिकरूपमा घोषणा गरेपछि न रह्यो बाँस न बज्यो बाँसुरी भनेजस्तो भयो ।

जहिले पनि पदप्राप्ति र ‘डिसिजन मेकर’मा एउटै सर्कलका नेताहरू हावी हुनुपर्ने किन ? मणि थापा र लेखनाथ न्यौपानेजस्ता चिन्तकहरू चिन्ता गरेरै बस्नका लागि पार्टी राजनितिमा लागेका होइनन् । पक्कै मुलुकका लागि केही नयाँ चिज दिन यी र यिनीहरूजस्ता सयौँ लिडरहरू अवसरको खोजीमा लामबद्ध छन् ।

कम्युनिष्ट राजनीति कुनै निगाहा र बक्सिसको विषय हो र ? होइन भने अवसरहरू समानरूपमा विरतण गरिनुपर्छ भन्ने हो ।

तर हेर्नुहोस् ओली सरकारमा त्यहाँ कुनै ‘मणि थापा’हरू देखिएनन् । ती पार्टीको निर्णयप्रति बफदार होलान्, ठिकै छ । तर एउटा खण्डनको विषय भने हो यो । लेखनाथ संसदमा हुनुपथ्र्यो भन्ने हो तर त्यसो हुन सकेन । महराको पटक–पटकको सत्ता आरोहणबारे अन्यथा होइन, अन्यथा के हो भने पार्टी भनेको संस्था हो, व्याक्तिवादी हर्कत् नहुनुपर्ने, तर भयो ।

बर्षमानको बार्गेनिङ चलिरहकै होला । किनभने हिटलरहरूले कतिखेर कसको पक्षमा फैसला गर्छन्, यसै भन्न सकिन्न ।

नयाँ हिटलरको उदय !

माओवादी र एमाले मिलेर अगाडि नबढेको भए कांग्रेसले चुनाव जित्ने पक्का थियो । विभिन्न एजेन्सीहरूले यो कुरा बताइरहेका थिए । जति नै अहंकार बोके पनि केपी ओलीका मानिसहरूलाई पनि यो तितोसत्यबारे जानकारी थियो । त्यसैले लागिरहेको थियो, यो चुनावी तालमेल हो । पार्टी एकता नहुने कुरामा दोस्रो तहका नेताहरू नै कन्भिस थिए । जस्तो कि वर्षमान पुनले अन्तिम समयसम्म तत्काल पार्टी एकता हुन नसक्ने कुरा बताइरहेका थिए । त्यो भारत लिगेसीको बोली थियो ।

पार्टी एकता पक्का भइसकेछि लिडरको नीति मान्दै च्यालन बिग्रिन्छ र एकबारको जुनीमा आफू एक्लो बिरालोजस्तो म्वाउँ, म्याउँ गर्ने भइन्छ भनेर कयौँ लिडरहरू अहिले ठूलो मौनधारणमा उभिएका छन् । यिनीहरूले मौन धारणमा आफ्नो गौरवशाली छायालाई झझल्कोको रूपमा संस्मरण गरेका छन् ।

त्याग, तपस्या र समर्पणको भावलाई सम्झेका छन् । तर यो मौनधारण घडीको सुइ हेरेर शुरुवात भएको भने होइन । बाघहरू कसरी बिरालोमा परिणत हुन्छन्, र बिरालोहरूले आफ्नो आची लुकाउने अथक प्रयास कसरी गर्छन् भन्ने फेहरिस्त हो यो ।

प्रदेश नम्बर तीनको मुख्यमन्त्रीमा डोरमणिले चुनवा जितेपछि अष्टलक्ष्मी शाक्य टेलिभिजनको पर्दामा देखिन पुगिन् । काठमाडौंको सुखी परिवारमा जन्मेकी उनी के कस्ता अभाव र पीडा सहँदै राजनीतिमा लागिन्, त्यो खासै ठूलो विषय होइन । सबैका एउटा न एउटा कथा हुन्छन् ।

फरक यति हो, सबैका कथा लोकका माझ पुग्ने वातावरण नै बनेको छैन । गणतन्त्र नेपालमा यो पनि एउटा सिन्डिकेट बनेर हाजिर भयो । पार्टीको उपाध्यक्षले चुनाव हारेर आफ्नै कार्यकर्ताले चुनाव जिते, मुख्यमन्त्रीको दौडमा ।

यो पनि हिटलरी चाल थियो, कुनै जबज थिएन । हो पक्कै पनि पार्टीमा दुई लाइन संघर्ष हुन्छ । तर यो यस्तो संघर्ष भयो, कि समान्य प्रदेशसभाको चुनावमा राष्ट्रपति विद्यादेवी भण्डारीले हरेक भोटरलाई फोन गरेर अष्टलक्ष्मी शाक्यलाई हराउन निर्देशन दिइन् भन्ने गुनासो एमालेकै नेताबाट सुनियो । प्रदेश १ मा भीम आचार्यले पार्टीको मान्छेलाई पार्टीकै टिकट बेचेर करोड पैसा कमाएको आरोप एमालेबाटै लाग्यो ।

झलनाथजस्ता ठूला नेताहरूको चाहनालाई लत्याउँदै भण्डारीलाई राष्ट्रपतिमा सिफारिस गरियो । भण्डारीसंगै नन्दकिशोर पुनको पालो रोकिएन, मुलुकको दोस्रो वरीयातामा यथावत रहे र हिटलरी शासन रहेसम्म रहिरहनेछन् ।

लोकान्तर डट कम बाट

Leave A Reply

Your email address will not be published.

%d bloggers like this: