Todays Nepal
No1 Nepal's Complete News Sites

६२ वर्षिय बृद्धा र १८ वर्षिय युवतीलाई बलात्कार गर्ने २ जना सार्वजनिक

9,083

छुट्टाछुट्टै स्थानमा एक वृद्धा र एक किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी ६२ वर्षीया (एकल वृद्धा) र १८ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

फागुन २६ गते राति गन्यापधुरा–२ का ३२ वर्षीय केशव लुहारले सोही ठाउँकी ६२ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । लुहारले मदिरा सेवन गरी धम्काएर बृद्धालाई उनकै घरमा बलात्कार गरेको प्रहरी नायव उपरीक्षक जोशीले जनाए।

यस्तै, फागुन २६ मै बलात्कारको आरोपमा पक्राउ परेका बैतडीको पुरचौंडी नगरपालिका–२ घर भई हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ बस्ने २५ वर्षीय नरेन्द्रबहादुर कुँवरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

कुँवरले कञ्चनपुरको दैजीबाट बझाङको गाडीमा चढाइदिन्छु भनी ना ७ ख १५९० नम्बरको गाडीमा १८ वर्षीया किशोरीलाई डडेल्धुराको जोगबुढा पु¥याई एक होटलमा राखेर बलात्कार गरेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: